site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रज्ञा–प्रतिष्ठानद्धारा आजीवन सदस्यहरुको दोहोरो सुविधा कटौती
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको नयाँ प्राज्ञ परिषद्को बैठकले प्रतिष्ठानबाट दोहोरो सुविधा लिँदै आएका आजीवन सदस्यहरूको पारिश्रमिक उपलब्ध नगराउने निर्णय गरेको छ ।

यही फागुन १५ गते बसेको बैठकले यस सम्बन्धि निर्णयमा उल्लेख गरेको छ । ‘प्रज्ञा–प्रतिष्ठानको जीवनमा महत्त्वपूर्ण चासो र आलोचनाका रूपमा रहेका आजीवन सदस्यहरूको दोहोरो सुविधाका विषयमा निर्णय गर्नेपर्ने आवश्यकतालाई ध्यान दिई दोहोरो सुविधामा रहेका आजीवन सदस्यहरूलाई प्रज्ञा प्रतिष्ठानबाट दिइँदै आइएको मासिक पारिश्रमिक नदिने निर्णय गरेको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा २८ को उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने हुँदा नेपाल सरकार, विश्वविद्यालयहरू तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजीवन सदस्यहरूलाई यहि फागुन महिनादेखि प्रतिष्ठानबाट आजीवन सदस्यको पारिश्रमिक/सुविधा उपलब्ध नगराउने निर्णय गरिएको हो ।

कुलपति भूपाल राईद्वारा प्रेषित विज्ञप्तिमा प्राज्ञ परिषद् सदस्यहरूको कार्यविभाजनसमेत गरिएको जानकारी गराइएको छ ।

Bigyapti pragya1677565924.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro