site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चट्याङ मास्टरको सम्मानमा ‘चट्याङ सत्तरी’ 
Tiktok banner adTiktok banner ad

काटमाडौं । व्यङ्ग्यकर्मीहरूको संस्था सिस्नुपानी नेपालले संस्थापक अध्यक्ष चट्याङ मास्टरको सत्तरीऔँ जन्मदिन विशेष कार्यक्रम ‘चट्याङ सत्तरी’ आयोजना गर्दै मनाएको छ ।

आइतबार पाठशाला नेपालको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा हास्यव्यङ्ग्य क्षेत्रका चर्चित व्यक्तित्वले चट्याङ मास्टरलाई शुभकामना दिए ।

कार्यक्रममा चट्याङ मास्टर र कवि रमेश खकुरेलले डा. मुकेश चालिसेको कृति ‘मानिला मान्छेका धामा’ संयुक्तरूपमा लोकार्पण गरे । 

व्यङ्ग्य लेखक नरनाथ लुइँटेलले चट्याङ मास्टरको व्यक्तित्वमाथि बोलेका थिए । 

कवि रमेश खकुरेल, डम्बर घिमिरेलगायतले व्यङ्ग्यकार चट्याङ मास्टरलाई शुभकामना स्वरूप पुष्पहार लगाइदिएका थिए । सो अवसरमा मनोज गजुरेल, अनिल पौडेल कीर्ते, चक्र दवाडी र लक्ष्मण गाम्नागेले चट्याङ मास्टरका उत्कृष्ट हास्यव्यङ्ग्य कविताहरू वाचन गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro