site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
८ दलको निर्णय– राष्ट्रपतिमा कांग्रेस उमेदवार 
Tiktok banner adTiktok banner ad

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने ८ राजनीतिक दलले कांग्रेसलाई राष्ट्रपति दिने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाका अनुसार यो निर्णय भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
 

उनका अनुसार उमेदवार कांग्रेसले नै चयन गर्नेछ । कांग्रेसले राष्ट्रपति उमेदवार चयन गर्नका लागि शुक्रबार बिहान साढे ८ बजे कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले दाबी गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro