site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुषमात्रै हुन पाउँछन् ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रपति निर्वाचन अन्तर्गत शनिबार उमेदवारी दर्ता हुँदैछ । राष्ट्रपतिको उमेदवारका लागि राजनीतिक दलका नेताहरु दौडधुपमा व्यस्त छन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बीच गठबन्धन ब्युँताउने सहमति भइसकेको छ । 

जसअनुसार कांग्रेसले राष्ट्रपति र जसपाले उपराष्ट्रपति पाउने सहमतिको तयारी भइरहेको नेताहरु बताउँछन् । 

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको नाममा सहमतिको नजिक पुगेको नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा बताउँछन् ।  
जसपाले उपराष्ट्रपति पाएमा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उमेदवार बनाउने एक नेताले जानकारी दिए । 

उनका अनुसार यादव निर्वाचित भएको क्षेत्र बारा २ मा अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचनमा जाने गरी अघि बढ्ने तयारी छ । 

यसले राष्ट्रपति र उपराष्ट्रपतिको उमेदवार दुवै पुरुषमात्रै बन्न पाउँछन् ? त भन्ने प्रश्न जन्माएको छ ।  

फरक लिंगको हुनुपर्ने भन्दै निर्वाचन आयोगले राष्ट्रपति निर्वाचित भइसकेपछि मात्रै उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी कार्यतालिका बनाएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको योग्यतामा फरक फरक लिंग वा समुदायको हुनुपर्ने उल्लेख छ । 

“यस संविधानबमोजिम राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ,” संविधानको धारा ७० मा भनिएको छ । 

आयोगका एक पदाधिकारीले बाह्रखरीसँग कुरा गर्दै फरक लिंगको व्यक्ति हुनुपर्ने संविधानको मर्म भएकाले सोही अनुसार हुनुपर्ने बताए ।

नभए आयोगले आफ्नो निर्णय सुनाउन स्वतन्त्र रहेको बताए । त्यसमा चित्त नबुझे राजनीतिक दलका नेताहरु अदालत जान सक्ने उनको टिप्पणी थियो । 

“हामीले गर्ने व्याख्या फरक लिंगको हुनुपर्छ भन्ने हो तर उहाँहरुले जबर्जस्ती निर्णय गर्नुभयो भने हामीले मान्दैनौँ,” उनले भने, “हाम्रो निर्णय चित्त नबुझे अदालत जान पाउने छुट उहाँहरुलाई छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंगको हुनुपर्ने बताउँछन् । 

“अहिल्यै त कुन लिंगका व्यक्ति राष्ट्रपति हुने भन्न सकिँदैन । राष्ट्रपति र उपराष्ट्रपति एकै लिंगका बन्न सक्दैनन् राष्ट्रपतिको नतिजा सार्वजनिक भइसकेपछि २६ गते हामीले कुन लिंगको व्यक्ति उपराष्ट्रपति भन्ने निर्णय गर्छौं,” उनी बाह्रखरीसँग भन्छन्, “जस्तो, आदिवासी जनताजातीको पुरुष राष्ट्रपति बने भने आदिवासी जनजाति बाहेकका महिला हुनुपर्छ ।”

तर, संविधानविद् डा. भीमार्जुन आचार्य संविधानमा फरक फरक समुदाय वा लिंग भनिएकाले फरक समुदायको व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति हुनसक्ने बताउँछन् । 

“संविधानले वा भनेको छ त्यसैले फरक फरक समुदायका व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति बन्न सक्छन्,” उनले बाह्रखरीसँग भने ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते  र उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro