साहित्य

विष्णु दाहाल
मेरो देशको पानी छिमेकमा पुग्दा गंगा हुन पुग्छ
मेरो देशको ढुंगा छिमेकमा पुग्दा भगवान् हुन पुग्छ
मेरो देशको माटो छिमेकमा पुग्दा चन्दन हुन पुग्छ
मेरो देशको झार छिमेकमा पुग्दा जडीबुटी हुन पुग्छ
मेरो देशका रक्षक छिमेकमा पुग्दा वीर गोर्खाली हुन पुग्छ !
विडम्बना,
यही देशका हाम्रा नेता
छिमेकमा पुग्दा उनीहरूको गुलाम
अनि दलाल हुन पुग्छन् !
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९ ०७:५०
प्रतिक्रिया दिनुहोस्