site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तरकारी र फलफूलको भाउ किलोमा १५० रुपैयाँसम्म घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा अधिकांश तरकारी तथा फलफूलको भाउ घटेको छ । मागअनुसार तरकारी भित्रिन थालेपछि मूल्यमा प्रभाव परेको हो । 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाए अनुसार गएको वर्ष असोज दोस्रो साताको तुलनामा यस वर्षको सोही अवधिमा प्रतिकिलो तरकारी तथा फलफूलको थोक मूल्यमा १ सय ५० रुपैयाँसम्म घटेको हो ।

समितिले दिएको तथ्यांकअनुसार गएको वर्ष २९५ रुपैयाँ प्रतिकिलो थोक मूल्य रहेको अनारको भाउ अहिले १५० रुपैयाँ घटेर १४५ रुपैयाँमा सिमित भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

१३५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य अहिले ९३ रुपैयाँ घटेर ४२ रुपैयाँमा सिमित भएको छ । त्यस्तै गएको वर्ष १०५ रुपैयाँ  तितो करेलामा प्रतिकिलो ७७ रुपैयाँ घटेर २८ रुपैयामा झरेको छ । त्यस्तै १०५ रुपैयाँ रहेको बोडीमा ५३, २७६ रुपैयाँ रहेको सुकेको लसुनमा ९१, ४६ रुपैयाँ रहेको हरियो फर्सीमा २४ रुपैयाँ घटेको छ । घटेर ती तरकारीहरुको मूल्य अहिले क्रमशः ५२, १८५, २२ रुपयाँमा सिमित भएको छ ।

त्यस्तै गएको वर्षको तुलनामा स्याउमा प्रतिकिलो २० रुपैयाँ, केरामा १०, नासपाती ५, लप्सीमा ५ रुपैयाँ घटेको छ । घटेर ती फलफूलहरुको थोक मूल्य क्रमशः १०५, ५५, ३८ र ३३ मा सिमित भएको छ ।

Global Ime bank

दशैंको पनि प्रभाव
दशैं नजिकिएसँगै तरकारी र फलफूलेको मूल्यमा गिरावट आएको छ । कालिमाटी तरकारी तथा फलफूल बजार अनुसार दशैं नजिकिएसँगै तरकारी तथा फलफूलको मूल्य घट्दै गएको हो । 

समितिको तथ्यांकअनुसार गएको हप्ता अर्थात आइतबार प्रतिकिलो थोक मूल्य ५८ रुपैयाँ रहेको रायो साग अहिले १५ रुपैयाँ घटेर ४३ रुपैयाँमा झरेको छ । 

त्यस्तै च्याउमा प्रतिकिलो ३० रुपैयाँ, हरियो धनियाँमा ३०, गाँजरमा ६, स्थानिय काउलीमा ६, भान्टामा ६, बोडीमा ६ रुपैयाँ घटेको छ । घटेर ती तरकारीको मूल्य अहिले क्रमशः १३५, ११५, ६२, ७२, ४२ र ५२ रुपैयाँ सिमित भएको छ । ती बाहेक तितो करेला, परवर, घिरौला, हरियो फर्सी, स्कुस लगायतको मूल्य समेत घटेको छ । 

गएको हप्ताको तुलनामा फलफूलहरुको मूल्यमा पनि कमि आएको छ । गएको हप्तामा प्रतिकिलो थोक मूल्य ११५ रुपैयाँ रहेको स्याउ १० रुपैयाँ घटेर १०५, त्यसैगरी ६५ रुपैयाँ रहेको केरा १० रुपैयाँ घटेर ५५, १९० रुपैयाँ रहेको अनार ४५ रुपैयाँ घटेर १४५ र ७५ रुपैयाँ प्रतिकिलो थोक मूल्य रहेको मेवा १० रुपैयाँ घटेर ६५ रुपैयाँमा सिमित भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १०, २०७४  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय