site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१० महिनामा ११ खर्ब ७७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ का १० महिनामा नेपालको व्यापार घाटा करिब १२ खर्ब रुपैयाँनजिक पुगेको छ ।

गएको साउनदेखि वैशाखसम्म देशमा १३ खर्ब तीन अर्ब ३५ करोड रुपैयाँको सामान आयात गरिएको छ । यो अवधिमा निर्यात भने एक खर्ब २६ अर्ब १७ करोड रुपैयाँको गरिएको छ । यसरी देशलाई ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ व्यापार घाटा भएको हो ।

भन्सार विभागको तथ्यांकानुसार गत आर्थिक वर्षको १० महिनाको अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले घटेको छ ।

यस्तै, गत आर्थिक वर्षको यो अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड रहेको कुल वैदेशिक व्यापार २.५० प्रतिशतले घटेर १४ खर्ब २९ अर्ब ५३ करोड रहेको छ ।

आयात, निर्यातसहित समग्र वैदेशिक व्यापार घट्दा अर्थतन्त्रमा खासै सुधार नआएको देखिन्छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro