साहित्य

१.
पहिलो भेटमा मक्ख भयौँ
दोस्रोपटक गमक्क भयौँ
आँखाआँखा जुधेपछि
अक्क न बक्क भयौँ
२.
अँगालोमा बात होस्
अलिअलि मात होस्
झुकाएर नयन आज
प्रेमको बर्सात होस्
३.
प्यार पवित्र हुन्छ
सम्बन्ध विचित्र हुन्छ
दुई मन मिलेपछि
सफल चलचित्र हुन्छ
४.
समाजको सीमा पार गरौँ
माया अद्भुत, अपार गरौँ
निश्छल, निर्लज्ज भई
हरपल चमत्कार गरौँ
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ ११:०१
प्रतिक्रिया दिनुहोस्