site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दुर्गा प्रसाईंको ‘महाअभियान’ पूर्वराजाले उद्घाटन गरे तर सम्बोधन गरेनन्
Sarbottam CementSarbottam Cement

विराटनगर । झापाको बिर्तामोडमा प्रस्तावित बीएन्डसी मेडिकल कलेजका सञ्चालक तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य दुर्गा प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऔं महाअभियान’ सुरु गरेका छन् ।

झापाको काकरभिट्टाबाट सुरु गरिएको ‘महाअभियान’को पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार भव्य समारोहबीच उद्घाटन गरेका छन् । कार्यक्रममा पूर्वराजपरिवारका सदस्यसमेत सहभागी थिए । देशमा देखिएको ‘विकृति र विसंगतिविरुद्ध’ सुरु गरिएको भनिएको अभियानको सुरुआतमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी गरिएको थियो । 

राष्ट्रिय झण्डासहित सहभागी भएका सर्वसाधारणले राजतन्त्रको पक्षमा नारबाजीसमेत गरेका थिए । कडा सुरक्षाबीच आयोजित कार्यक्रममा पूर्वराजावादीहरुको उल्लेख्य सहभागिता देखिन्थ्यो । शाहले सर्वसाधारणलाई हात हल्लाउँदै अभिवादन गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा पूर्वयुवराज पारस शाह र पूर्वराजकुमारी प्रेरणा शाह पनि सहभागी भए । केही समययता झापाको दमकको चियाबगान परिसरमा अवस्थित दरबारमा बस्दै आएका राजपरिवारका पूर्वसदस्यसहित पूर्वराजा शाह दिउँसो काँकडभिट्टा पुगेका थिए । कार्यक्रममा पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह भने सहभागी थिएनन् ।

अभियानको उद्घाटन कार्यक्रममा प्रसाईंले आफ्नो अभियान ‘देशभरि देखिएको विकृतिविरुद्ध’ सञ्चालन गरिएको दाबी गरेका छन् । उनले भने, “हामी देशभर यो अभियान लिएर जान्छौं । आफ्ना कुरा नेपालीलाई भन्छौं । हामी अझ सशक्त ढंगले अघि बढ्ने योजनामा छौं ।” महाभियान भनिए पनि यसको खाका र स्वरुपको विषयमा भने प्रसाईंले थप खुलाएनन् ।

Global Ime bank

Gyanendra Sha Jhapa (1)1676295750.jpg

सम्बोधनको क्रममा गणतन्त्र विरोधी भाषण गरेका प्रसाईंले ‘यो व्यवस्थाले जनहितमा काम गर्न नसकेको’ आरोप लगाए । “धर्म मास्ने, युवा वर्गलाई खाडी मुलुकको तातो घाममा पठाउने गणतन्त्र हामीलाई चाहिँदैन,” उनले भने । अहिलेका शासकका कारण युवामा समेत ठूलो निरासा छाएको र देश कठिन अवस्थामा रहेको प्रसार्इंको भनाइ थियो ।

पूर्वराजा शाहले प्रसाईंको ‘महाअभियान’को उद्घाटन गरे पनि सम्बोधन गरेनन् । उनी कार्यक्रममा सहभागी हुँदा र बाहिरिँदा सहभागी हुन आएकाहरुले राजतन्त्रको पक्षमा नाराबाजी गर्दै पूर्वराजाको जयजयकार गरेका थिए ।

कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने प्रचार गरिएको थियो । तर, ओली कार्यक्रममा सहभागी भएनन् । एमाले झापाका अनुसार अध्यक्ष ओली सोमबार गौरादहमा पुल उद्घाटन गर्न पुगेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement