site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी प्रदेशमा हुनेछ आज हिमपात
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली  रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि  मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश–१, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तथा तराईका भू–भागमा बिहानीपख हुस्सु लाग्ने भएकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने विभागले जनाएको छ । 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  ०६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro