site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बेलायतले गर्‍यो रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

लन्डन । युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ । बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले बुधबार रुसी सेना र क्रेमलिन ‘अभिजात वर्गहरू’विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका छन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलायत पुगेका छन् । उनले बेलायतको संसद्लाई सम्बोधन गर्ने कार्यक्रमबीच यो घोषणा गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो घोषणा युक्रेनविरुद्ध ड्रोनजस्ता विभिन्न किसिमका सैन्य उपकरणहरू उपलब्ध गराउने ६ संस्था, कुलीन आठ व्यक्तिहरू र एउटा संस्थाविरुद्ध केन्द्रित हुनेछ । बेलायती विदेशमन्त्री क्लिभरलीले यो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप आर्थिक दबाब पर्ने बताएका छन् ।

“यी नयाँ प्रतिबन्धहरूले पुटिनमाथिको आर्थिक दबाबलाई थप बलियो बनाउनेछ । युक्रेनलाई विजयी बनाउन मद्दत गर्न र रुसलाइ कमजोर पार्न म दृढ छु । यी कुरा हाम्रो कानुनसँग मेल खान्छन्,” उनले भने । रासस/एएनआई

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC