site stats
राजनीति
पदकै लागि राजनीति गर्नेले देश र जनताको सेवा गर्न सक्दैनन् : बिजुक्छेँ
फाइल तस्बिर।

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राजनीतिक दलमा स्वच्छता नभएकाले देश पछि परिरहेको बताएका छन् । 

भक्तपुर नगरपालिकाको १३ औँ नगरसभालाई आज सम्बोधन गर्दै उनले पद पाउनकै लागि राजनीति गर्नेहरूले देश र जनताको निःस्वार्थ सेवा गर्न नसक्ने बताए । 

S.A.U
Agani Group

अध्यक्ष बिजुक्छेँले नेपालमा पश्चिमेली संसदीय राजनैतिक प्रणालीमा प्रखर प्रतिपक्ष र छायाँ सरकारको व्यवस्था हुने राजनीतिक प्रणाली लागु रहेको चर्चा गर्दै यहाँ त्यस्तो अवस्था नदेखिएको बताए । 

जनतालाई राजनैतिक रूपले सचेत पार्दै समाजवादी व्यवस्था लागु गर्न राजनैतिक सङ्घर्ष अगाडि बढाइरहेको नेमकिपालाई सङ्किर्ण र जडसुत्रवादी आरोप लगाउने राजनीतिक दल तिनका नेता संशोधनवादी र अवसरवादी भएको उनको आरोप थियो । रासस
 

Global bank

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  २२:१३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय