site stats
खेल
भारतविरुद्ध पुनरागमन जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं । भारतविरुद्ध १–० ले पछि परेको अवस्था उल्टाउँदै नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाँकामा जारी प्रतियोगितामा भारतविरुद्ध ३–१ को पुनरागमन जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । च्याम्पियनसिपको फाइनल प्रवेश गर्न आज नेपाल जित्नैपर्ने दबाबमा थियो ।

खेलको २१औं मिनेटमा अपुर्ना नार्जारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । यसै गोलमा भारतले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा तीन गोल गर्दै नेपालले फाइनलमा स्थान पक्का गर्यो । 

S.A.U
Agani Group

नेपाललाई पुनगरागम जित दिलाउन अञ्जली चन्द, कप्तान प्रीति राई र अमिषा कार्कीले गोल गरे ।

४७औं मिनेटमा अञ्जलीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । यस्तै, ६९औं मिनेटमा प्राप्त पेनाल्टी सदुपयोग गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् । खेल सकिन दुई मिनेट बाँकी रहँदा अमिषाले टिमका लागि तेस्रो गोल गर्दै नेपालको फाइनल यात्रा पक्का गरिन् । 

Global bank

नेपालसँग पराजित भारत भने प्रतियोगिताबाट बाहिरिएको छ । तीन खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट चार अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । यस्तै, प्रतियोगिताबाट बाहिरिएको भारतले तीन खेलबाट चार अंक भुटान अंकविहिन छ ।

राउन्ड रोविन लिग पद्दतिमा सञ्चालित प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान सहभागी छन् । तालिकाको शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि खेल्नेछन् ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय