site stats
साहित्य
सुब्बाको कृति ‘मेरो भाग्यमानी बाजा’ लोकार्पित 
S.A.U
Agani Group
Global bank

काठमाडौं । चर्चित गायक तथा संगीतकार दिनेश सुब्बाले लेखेको कृति ‘मेरो भाग्यमानी बाजा’को सार्वजकि गरिएको छ । एक कार्यक्रमबीच गायक दीप श्रेष्ठ र संगीतकार प्रकाश गुरुङले संयुक्त रूपमा कृतिको लोकार्पण गरे ।

नेपाली संगीतको आगत, विगत र अग्रज संगीतकर्मीका विषयमा संस्मरणात्मक लेखहरू समावेश कृतिले नेपाली संगीतको इतिवृत्तिबारे उजागर गरेको छ ।

संगीतकर्मीहरू सुवासचन्द्र ढुंगेल, बुलु मुकारुङ, प्रदीप बमजन र भूपाल राईले कृतिबारे बोलेका थिए । सुब्बाले आफू तीन दशकदेखि हङकङमा बस्दै आए पनि नेपाली गीत–संगीत र संस्कृतिलाई बिर्सन नसकेको बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय