site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ह्याचब्याक सेग्मेन्टमा सर्वाधिक बिक्री हुने ‘ग्रान्ड आईटेन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । दक्षिण कोरियाको बहुचर्चित कम्पनी हुन्डाईले हुन्डाई ब्राण्डका गाडीहरु उत्पादन गर्दछ । नेपालको लागि भने हुन्डाई गाडिको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो । कम्पनीले हुन्डाई ब्राण्डका गाडीहरु नेपाली बजारमा ८ वर्षदेखि बिक्री गर्दै आइरहेको जनाएको छ । हुन्डाईको ‘ग्रान्ड आईटेन’ नेपाली बजारमा सर्वप्रथम डिसेम्बर २०१३ मा सार्वजनिक भएको ह्याचब्याक कार हो । भारतमा पनि सोहि समयमा उक्त कार हुन्डाई कम्पनीले सार्वजनिक गरेको बताइएको छ । 

इन्टरकन्टिनेन्टलका सहायक महाप्रबन्धक रुपेश शर्मा भट्टले सार्वजनिक भएको समयदेखि हालसम्ममा नेपालमा ह्याचब्याक सेग्मेन्टको कारमध्ये ‘ग्रान्ड आईटेन सबैभन्दा बढी बिक्रि भएको दावी गरे । “नेपाली बजारका सबै अटो मोबाईल कम्पनीहरुबाट बिक्री हुने ह्याचब्याक कार मध्ये सबैभन्दा बढी ‘ग्रान्ड आईटेन बिक्री भएको छ,” उनले भने, “ ग्रान्ड आईटेनमा केही फिचर्सहरुले ग्राहकलाई आकर्षण गरेको छ । जसमा फस्र्ट हेन्ड सेग्मेन्टका फिचर्सहरु पुस बटम स्टार्ट, स्ट्रीट ह्वील माउन्टेड अडियो कन्ट्रोल, रेयर एसी भेन्ट, ब्लुटुथ हेन्डफ्री, डुवल एयर ब्याग लगायत रहेका छन् ।” साथै आरामदायी यात्राको लागि कारमा भएको खुल्ला स्पेश, कम्फर्टेबल सिट, राम्रो साउण्ड सिस्टम लगायतको कारणले पनि थप ग्राहक आईटेनप्रति आकर्षित भएको उनको बुझाइ छ । पछिल्लो समय समेत आईटेन ग्राहकको रोजाइमा परेको उनको भनाइ छ । 

कम्पनीका अनुसार ग्रान्ड आईटेनले भारतको उत्कृष्ट पुरस्कार ‘इण्डीयन कार अफ द एयर २०१४’ एवार्ड पाइसकेको छ । “त्यतिकै अवार्ड प्राप्त गर्न सक्दैन उत्कृष्ट भएको कारणले मात्र प्राप्त गर्ने हो,” उनले थपे, “त्यसैले पनि पछिल्लो समयसम्म सो कार ग्राहकको रोजाइमा नै रहेको छ ।” ग्रान्ड आईटेन भन्नाले आईटेन भन्दामाथि र ‘एलिट आईटेन’ भन्दा मुनि बीचको सेगमेन्टमा पर्दछ ।  कम्पनीको अनुसार कारमा १२०० सीसीको कप्पा इञ्जीन रहेको छ । २०१३ मा सार्वजनिक भएको उक्त कार २०१४ मा अत्यधिक बिकेको कम्पनीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“हालसम्ममा हामीले ४ हजारभन्दा बढी ग्रान्ट आईटेनका मोडलहरु बजारमा बिक्री गरिसकेका छौं,” सहायक महाप्रबन्धक भट्टले भने “कारका मुख्य गरी ६ मोडलहरु बजारमा छन् ।” जसमा माग्ना, माग्ना एटी, स्पोर्ट, स्पोर्ट ओएटी, स्पोर्ट ओ र आस्ता रहेका छन् । 

यसमध्ये पनि धेरै माग्ना त्यसपछि स्पोर्ट लगायतका ग्रान्ड आईटेन का सेग्मेन्टहरु बिक्री हुने कम्पनीको भनाइ छ । आस्तामा बढी फिचर्स भए पनि ग्राहकहरुले माग्नालाई रुचाएको जनाइएको छ । माग्नाको मूल्य केही कम भएकोले पनि त्यसको माग बढ्ता रहेको हो । 

Global Ime bank

कम्पनीका अनुसार माग्नाको सुरुवाती मूल्य २६ लाख ९६ जार रुपैयाँ छ । सुरुवाति मूल्यदेखि नै सीटीको लागि आवश्यक फिचर्सहरु उक्त ह्याचब्याकमा रहेको छ । जसमा स्पोर्टस् म्युजिक सिस्टम, एयरब्याग लगायत महत्वपूर्ण फिचर्सहरु समाबेस छन् ।

कम्पनीका अनुसार समय सापेक्ष २०१७ को न्यू एडीशनको ग्रान्ड आईटेन समेत सार्बजनिक भइसकेको छ । आकर्षक सजावट, स्पोर्टी स्टाईल, अत्याधुनिक हाई टेक फिचर्स, उच्च सुरक्षा तथा सहजता, सुधारिएको पर्फमेन्स तथा इन्धन बचतजस्ता विशेषतामा आधारित आईटेन बजारमा ल्याइएको हो । ग्रान्ड आईटेनको मोडलहरु मध्ये कम मूल्यमा माग्ना रहेको छ भने, बढी मूल्यमा ३४ लाख ५६ हजार रुपैयाँको स्पोर्ट ओ एटी रहेको कम्पनीको भनाइ छ ।

 

पोर्टफोलियोमा सर्वाधिक बिक्री हुने क्रेटा 
क्रेटा अहिलेको सबैभन्दा लोकप्रिय ‘एसयूभी’ हो । क्रेटा ४ मिटरभन्दा बढी लम्बाई भएको सब कम्प्याक्ट एसयुभी हो । क्रेटा २०१५ मा सार्वजनिक भएको थियो । सार्बजनिक भएको एक वर्षपछि नै भारतको ‘इण्डीया कार अफ द एयर एवार्ड २०१६’ पाएको थियो । नेपालमा पनि सोहि वर्षको सेप्टेम्बरमा उक्त कार सार्वजनिक गरेको थियो ।  

सार्वजनिक गरेको अवधिदेखि हालसम्ममा कम्पनीले २ हजार ५ सय बढी क्रेटा बिक्री गरेको सहायक महाप्रबन्धक भट्टले बाह्रखरीलाई बताए । “हाम्रो पोर्टफोलियो (बिक्री गरिएको सबै मोडल मध्ये) पछिल्लो समय सबैभन्दा बढी बिक्री क्रेटा भएको छ,” उनले भने । राम्रो प्रोडक्ट, ब्राण्ड, प्रोडक्टमाथि ग्राहकहरुको विश्वास, गाडीमा ग्राहकहरुले प्रतिक्षित सुविधा पाउनु, मूल्यमा सहजता, ‘एबीएस’ सँगै ‘इबीडी’ जस्ता सेफ्टीका फिचर्सहरु समावेस गरिनु, अडीयो, ब्लुटुथ, क्यामारा लगायत खोजिएको सबै सुबिधा भएकोले ग्राहकले कारलार्ई रुचाएको उनको भनाइ छ । एसयुभी कारको सौख भएका  ग्राहकलाई क्रेटा चढ्दा सन्तुष्टी दिने उनको बुझाइ छ । 

कम्पनीका अनुसार ४ मिटर बाहिरको कम्प्याक्ट एसयूभीमा क्रेटासँग प्रतिस्पर्धामा आउने नेपालमा मात्र दुई वटा कम्पनीका गाडीहरु रहेका छन् । जसमा होन्डाको ‘बीआरभी’ र रेनोको ‘डस्टर’ हो । 

कम्पनीको सर्वाधिक बिक्री हुने भएको आधारमा पनि क्रेटालाई सवारी पारखीहरुले पूर्ण विश्वास गरेको उनको बुझाइ छ । जति प्रोडक्टको गुणस्तर राम्रो रह्यो, त्यति नै ग्राहकले मनपराउने भएकोले हालसम्म पनि हुन्डाईको ग्रान्ड आईटेन र क्रेटालाई ग्राहकहरुले अत्यधिक रुचाइरहेकोे सहायक प्रबन्ध निर्देशक भट्टको भनाइ छ ।

कम्पनीका अनुसार १५९१ सम्मको सीसीका क्रेटा बजारमा उपलब्ध छ । यी मोडलहरु पेट्रोल र डिजल दुवैमा उपलब्ध छन् । कारको इन्जिन तथा ट्रीम प्लान १.६ पेट्रोल डुवल टीटीभीटी र सीआरडीआई भीजीटी रहेको छ । विभिन्न ७ मोडलमा बजारमा उपलब्ध  क्रेटा पेट्रोल भर्सनमा ४२ लाख ९६ हजार सुरुवाति मूल्यदेखि डिजल भर्सनको एसएक्स प्लस एटी ६२ लाख ५६ हजार रुपैयाँमा उपलब्ध छ ।

‘जीडीएसआई’ मापदण्डको सर्भिस
हुन्डाइको गाडी बिक्री भइसकेपछि वारेन्टी तथा फ्री सर्भिसको सुविधा कम्पनीले व्यवस्था गरेको छ । कम्पनीका अनुसार हुन्डाईको गाडिमा ३ वर्षको वारेन्टी तथा ४ बर्षसम्म फ्री सर्भिस गरिनेछ । 

काठमाडौंमा हुन्डाइको आधिकारीक सर्भिस सेन्टर ४ ओटा रहेको जनाइएको छ । राजधानी बाहिर १३ ओटा त्यस्ता सेन्टरहरु रहेको कम्पनीको भनाइ छ । काठमाडौं बाहेकका डिलर्स तथा सर्भिस सेन्टरहरुमा ‘थ्रीएस’ मापदण्ड अनुरुपको रहेको जनाइएको छ । त्यस्ता सेन्टरहरु मेचीदेखि महाकालीसम्मका मुख्य–मुख्य प्रत्येक सहरहरुमा राखिएको कम्पनीको भनाइ छ । थ्रीएस भन्नले एउटै छानामुनी सबै किसिमको सेवा–सुविधा उपलब्ध हुन्छ । जसमा मुुख्य गरी ३ ओटा सेल्स, सर्भिस र स्पेयर पार्टस्हरु राखिन्छन् । 

धनगढी, नेपालगञ्ज, दाङ्ग, बुटवल, नारायणगढ, हेटौडा, इटहरी, विराटनगर, विर्तामोड, पोखरा लगायतका मुख्य–मुख्य सहरमा त्यस्ता सेवा सुविधा रहेको जनाइएको छ । 

काठमाडौंभित्र भने कुपन्डोल, धापासी, सिनामङ्गल र बानेश्वरमा सर्भिस सेन्टर तथा स्पेयर पार्टस् रहेको सहायक महाप्रबन्धक भट्टले जानकारी दिए । उनका अनुसार प्रत्येक दिन ग्राहकलाई दिइने सेवा सुविधाप्रति गम्भिर भएर कम्पनीले सेवा सुविधाको लागि केहि केहि प्रगति गरिरहेको छ । जसमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप हुन्डाईले  ‘ग्लोबल डीलरशीप, स्पेस आइडेनडीटी’ (जीडीएसआई) अन्तर्गतको गाइडलाईन पच्छ्यार सोहि अनुसार थ्रीएसका सर्भिस सेन्टरहरु निर्माण गरेको उनले बताए । काठमाडौंमा रहेका सर्भिस सेन्टर लगायतलाई समेत सोहि गाइडलाइन अनुरुप तयार पार्र्ने क्रममा कम्पनी अघि बढेको उनको भनाइ छ । 

कार एवार्डमा ह्याट्रीक 
भारतमा लगातार वर्षैपिच्छे हुने कार एवार्ड प्राप्त गर्ने हुन्डाइ मात्रै रहेको इन्टरकन्टीनेन्टलको भनाइ छ । अहिलेसम्म ह्याट्रीक भारतमा हुन्डाईले मात्रै प्राप्त गरेको सहायक महाप्रबन्धक भट्टले जानकारी दिए । उनका अनुसार २००८ मा हुन्डाई आईटेनले इण्डीयन कार द एयर एवार्ड प्राप्त गरेको थियो । त्यसैगरी २०१४ मा ग्रान्ड आईटेनले, २०१५ मा एलिट आई २० ले र २०१६ मा क्रेटाले उक्त एवार्ड प्राप्त गरेको थियो ।  

दशैं अफरमा सुनदेखि कारसम्म
कम्पनीले दशैंलाई लक्षित गरी हुन्डाई ‘फेस्टिभल डिलाइट २०७४’ योजना ग्राहक सामु ल्याएको छ । आयोजनाअन्तर्गत ग्रहकले नगत ५ लाखसम्म छुट र १ वर्ष निःशुल्क विमा प्राप्त गर्न सक्नेछन् । स्क्रयाच कार्डमार्फत १ लाखसम्मको नगद छुट पाउन सक्नेछन् । 

त्यस्तै लक्कीड्रमार्फत  सय जनालाई १० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत हुन्डाई एलीट आई २० अथवा हुन्डाई एक्सेन्ट गाडि जित्न सक्ने छन् । लक्कीड्रमार्फत सुन, दुबई भ्रमण र गाडि एकै जनालाई पर्ने समेत अवसर रहेको कम्पनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ८, २०७४  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय