site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

चितवनका किसानहरूले तरकारीको उचित मूल्य नपाएपछि राज्यको ध्यानाकर्षण गर्न शुकवार सडकमा तरकारी फालेका छन् । किसानहरूले सडकमा तरकारी फाल्नुपर्ने अवस्थाको सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि, पशुपन्छीमन्त्री ज्वालाकुमारी साहलाई निर्देशन दिए । 

किसानले तरकारीको मूल्य नपाएको भन्दै सडकमा फाल्नु पर्ने अवस्था आउन नदिने काम भने कृषि तथा पशुपन्छीमन्त्रीकै हो । मन्त्री साह भने उनको मन्त्रालयसँग सरोकारै नभएको र वैधानिकता नै नभएको ‘जग्गाको निस्सा’ वितरण गर्ने काममा व्यस्त थिइन् ।

बाराको टागियाबस्तीका बासिन्दालाई मन्त्री साहले केही दिन पहिले ‘जग्गाको निस्सा’ वितरण गरेकी थिइन् । सरकारकै अर्को निकाय राष्ट्रिय भूमि आयोगले मन्त्री साहले ‘जनताको आँखामा छारो’ हाल्न ‘जग्गाको निस्सा’ बाँडेको आरोप लगाएको छ ।

यसैगरी वन क्षेत्रको जग्गा वितरण गरी कथित निस्सा दिएकोमा डिभिजन वन कार्यालय वाराले पनि असन्तुष्टि प्रकट गरेको छ । अर्थात्, मन्त्री साहले जनतालाई झुक्याउनेमात्र होइन गैरकानुनी काम पनि गरिछन् ।

जनतालाई जग्गा दिने भन्दै धेरैले धेरैपटक झुक्याई सकेका छन् । टाँगियाबस्तीका बासिन्दालाई एकपटक फेरि झुक्याउने काम मन्त्री साहले गरिन् । यसरी जनतालाई ढाँट्ने काम नैतिकरूपमा त अपराधै हो ।

तरकारी किसानहरूको मर्काको सम्बोधन भने कृषि तथा पशुपन्छीमन्त्रीले नै गर्नुपर्ने काम हो । तर, उनलाई त्यही काम गर्न भने प्रधानमन्त्रीले निर्देशन दिनुपर्‍यो । यसबाट स्पष्ट हुन्छ - मन्त्रीहरूलाई आफ्नो कामको खासै जानकारी र रूचि छैन ।

जनतालाई लाभ हुने ठोस काम गर्न होइन मन्त्रीहरूको चासो केही गरेको देखाउनमात्रै हुनेरहेछ । सडकका खाल्टाखुल्टी पुर्नेदेखि सबैतिर नयाँ मन्त्रीहरूले चटक त देखाए तर ठोस काम भने केही भएन । 

जनता सधैँ चटकमा रमाउँदैनन् । मन्त्रीहरूले चटक देखाउनुभन्दा जनताका समस्या समाधानमै ध्यान नदिने हो भने जनताको धैर्य समाप्त हुनसक्छ । राजनीतिप्रति बढ्दो वितृष्णा कम गर्न विशेष प्रयास नगर्ने हो भने मुलुक अर्को स‌ङ्कटको भुमरीमा पर्न सक्छ ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro