site stats
खेल
विशाल गए अष्ट्रेलिया 
Agani Group
Global bank

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई अष्ट्रेलिया गएका छन् । विशाललाई शुक्रबार बिहान मच्छिन्द्र क्लबका सहयात्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

बिदाइ गरेको फोटो राख्दै मच्छिन्द्र क्लबका व्यवस्थापक अनिल श्रेष्ठले लेखेका छन्, ‘‘फुटबलबाट राष्ट्र अनि नेपाली क्लबलाई तिमीले दिएको योगदान सदैव अविस्मरणीय रहिरहनेछ । विशाल भाइलाई उज्ज्वल भविष्यको कामना । तिम्रो अष्ट्रेलिया बसाइ सुखद एवं फलदायक रहोस् ।’’

पछिल्लो समय नेपाली फुटबल खेलाडी अष्ट्रेलिया जाने क्रम बढेको छ । यसअघि, राष्ट्रिय टिम तथा क्लब फुटबल खेलेका झन्डै चार दर्जन खेलाडी अष्ट्रेलिया पुगिसकेका छन् । यो क्रम अझै बढ्ने देखिएको छ । राष्ट्रिय टिमबाटै खेलेका अरू केही खेलाडी पनि अष्ट्रेलिया जाने प्रक्रियामा छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०९:२६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय