site stats
विदेश
चिनियाँ गतिविधि निगरानीसहित थप चार फिलिपिनी सैनिक अखडामा अमेरिकाको पहुँच 

मनिला । अमेरिकाले फिलिपिन्सका थप चारवटा सैनिक अखडामा आफ्नो पहुँच सुरक्षित गरेको छ । ती स्थानबाट अमेरिकाले दक्षिण चीन सागर र ताइवान वरपर चिनियाँ गतिविधि माथि सजिलैसँग अनुगमन गर्न सक्ने भएको छ ।

यो सम्झौतासँगै अमेरिकाले उत्तरमा दक्षिण कोरिया र जापानदेखि दक्षिणमा अष्ट्रेलियासम्म फैलिएको आफ्नो गठबन्धनको चापमा रहेको खाडल पुरेको छ । हराइरहेको सेतु फिलिपिन्स थियो, जसले दुईवटा सबैभन्दा ठूला सम्भावित तनावग्रस्त क्षेत्र ताइवान र दक्षिण चीन सागरको सीमा जोडेको छ । 

Agani Group

तर, ३० वर्षभन्दा पहिले आफ्नो पुरानो उपनिवेशबाट अमेरिकाको प्रस्थानलाई आंशिक रुपमा उल्टाउने गरी भएको यो सम्झौता कुनै सानोतिनो नभएको बीबीसीले लेखेको छ । 

वासिंगटन स्थित राणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका दक्षिणपूर्वी एशिया कार्यक्रमका निर्देश्क ग्रेगरी बी पोलिंगले भनेका छन्, “दक्षिण चीन सागरमा फिलिपिन्समा पहुँचको आवश्यकता नहुने सम्भाव्यता छैन । अमेरिकाले स्थायी सैनिक अखडाहरु खोजिरहेको छैन । अखडा होइन, खास कुरा स्थानको मात्रै हो ।”

Global bank

बिहीबार अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र फिलिपिनी राष्ट्रपति फर्डिनान्ड “बोंगबोंग” मार्कोस जुनियरबीच मनिलामा भेटवार्ता भएको हो ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २२:४५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय