site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बसको ठक्करबाट बालिकाको मृत्यु
Tiktok banner adTiktok banner ad

बनेपा । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा आज दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको ना२ख ७३४२ नंको बसले सडक छेउमा हिँडिरहेकी बालिकालाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट नमोबुद्ध नगरपालिका–२ की आठ वर्षीया दिविशा अधिकारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । 

घटनापश्चात आक्रोशित भीडले बसमा आगजनी गरेका छन् । घटनाका कारण भकुण्डेबेँसी तनावग्रस्त बनेको थियो । 

घटनापश्चात बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro