site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अष्ट्रेलियाको ब्रिसबेनमा पाँचौं पटक घन्कियो नेपथ्य
Tiktok banner adTiktok banner ad

ब्रिसबेन । अष्ट्रेलियाको ब्रिसबेनमा नेपथ्य पुनः एकपटक घन्किएको छ । नेपथ्यका मुख्य गायक अमृत गुरुङले सोमबार बेलुकी ब्रिसबेनको भब्य ‘फोर्टिच्यूड म्यूजिक हल’मा टनाटन भरिएका दर्शक सामु आफ्नो प्रस्तुति दिए । 

‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’ जस्ता एकपछि अर्को सर्वकालीक हिट गीत प्रस्तुत गर्दागर्दै नेपथ्यका अगुवा गायक अमृत भनिरहेका थिए, “हाम्रा लोकगीतहरुले नचाउने काम मात्र नगरेर नेपाली समाजकै गम्भिर सन्देश र दर्शन पनि बोकेका हुन्छन् ।” 

ब्रिसबेनको कन्सर्टमा पनि ‘यो जिन्दगानी’ गीत गाउने क्रममा सडक आश्रितहरुका दृश्य  देखाइएको नेपथ्यले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

अष्ट्रेलियाको तेस्रो ठूलो सहरमा सोमबार आयोजित कन्सर्टसहित नेपथ्य यस स्थानमा पाँचौं पटक उभिन पुगेको छ । एक दसक अघिसम्म पनि मुश्किलले केही हजार जनामात्र नेपाली बसोबास गर्ने यो सहरलाई अध्ययन, रोजगारी तथा बसोबासका निम्ति छनौट गर्नेहरू विस्तारै राम्रै उपस्थितिमा परिणत हुन थालेको छ । 

ब्याण्ड र व्यवस्थापनको १३ सदस्यीय टोलीमध्ये मञ्चमा भने गायक अमृतलाई सँधैजस्तै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।    

ब्रिसबेनको प्रस्तुतिसँगै नेपथ्यले अष्ट्रेलियामा यो वर्षका निम्ति प्रस्तावित आठमध्ये तेस्रो शो सम्पन्न गरेको छ । टोलीले अबको यात्रा क्यानबेरातर्फ गर्नेछ, जहाँ फेब्रुअरीको ३ तारिख फेरि नेपथ्य घन्किने छ । अष्ट्रेलियाको केन्द्रीय राजधानी यो सहरमा नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको हो । त्यहाँस्थित ‘म्येनिंग क्लार्क हल, काम्ब्री’मा शो आयोजना हुँदै छ ।

त्यसपछि ब्याण्ड पर्थको ‘मेट्रो सिटी हल’, सिड्नीको ‘होडर्न पभिलियन’, मेलबर्नको ‘फोरम’हुँदै अन्तिममा अष्ट्रेलियाकै पुछारतर्फ लाग्नेछ । बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबारको दिन यसपटक अष्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुति दिने नेपथ्यले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro