अर्थ व्यवसाय

काठमाडौं । सेन्ट जेभियर्स कलेज सेट काउन्सिलले साइकल र्यालीको आयोजना गर्ने भएको छ । 'सृष्टिका लागि सवारी, नवप्रवर्तनका लागि सवारी' भन्ने नाराका साथ साइकल र्याली आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
साइकल र्याली आगामी शनिबार (माघ २१ गते) हुने तय भएको छ ।
र्याली माइतीघरबाट सुरु भएर ललितपुरको लुभु हुँदै काठमाडौंका विभिन्न ठाँउ पुगेर पुन: माइतीघरमा रहेको कलेजमा आएर सम्पन्न हुनेछ ।
यस वर्ष सेट काउन्सिलले महावीर पुनले २०१२ मा स्थापना गरेको एनजीओ नेसनल इनोभेसन सेन्टर (एनआईसी) सँग सहकार्य गरेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ १९:३६
प्रतिक्रिया दिनुहोस्