देश

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसित नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीले मंगलबार सिंहदरबारमा भेटवार्ता गरेका छन् ।
सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरिन् ।
भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन, व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।
सो अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५औँ स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुने बंगलादेशी विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरे । रासस
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९ १६:२४
प्रतिक्रिया दिनुहोस्