site stats
कला
‘पठान’ले पाँच दिनमा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । हिन्दी कथानक चलचित्र ‘पठान’ले पाँच दिनमा ५४२ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘पठान’ले पाँच दिनमा संसारभरबाट ५४२ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको हो । 

तरणका अनुसार ‘पठान’ले भारतबाट मात्रै ३३५ करोड र ओभरसिज मार्केटबाट २०७ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको हो । अहिले पनि यो चलचित्र हलमा उत्साहप्रद रूपमा चलिरहेको छ । 

S.A.U
Agani Group

शाहरुख खानको कमब्याक मुभीका रूपमा हेरिएको यो चलचित्रले अपेक्षित व्यापार गरिरहेको छ । शाहरुख चार वर्ष पछि एक्सन थ्रिलर ‘पठान’ लिएर हलमा देखिएका हुन् । 

सिद्धार्थ आनन्दले निर्देशन गरेको ‘पठान’मा शाहरुखसँगै दीपिका पादुकोण, जोन अब्राहम, सिद्धार्थ आनन्दलगायत कलाकारको अभिनय छ । 
 

Global bank

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्