site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मेयर बालेन र गभर्नर अधिकारीबीच भेट, सहकारी समस्याबारे छलफल

काठमाडौं । सर्वसाधारणले सहकारीमा बचत गरेको रकम सुरक्षाका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर बालेनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महानगर क्षेत्रका सहकारीहरूमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेको महानगरले जनाएको छ । 

मेयर बालेनले सर्वसाधारणको बचत सुरक्षा गर्न काठमाडौं महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको बताए ।

“सहकारीहरूमा बचतको सिलिङ सम्बन्धी कानुनी प्रबन्ध गर्न सक्छ । महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैंकले उपलब्ध गराउन सक्छ,” गभर्नर अधिकारीले भने । 

Global Ime bank

काठमाडौं महानगरपालिका क्षेत्रमा अहिले एक हजार ९५५ वटा सहकारी छन् । तीमध्ये एक हजार ६२८ वटा बचत तथा ऋण सहकारी हुन् । २६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, तीनवटा सिपमूलक, दुईवटा शिक्षामूलक, एउटा सञ्चार, तीनवटा श्रमिक, पर्यटन, साझा र चियाका एक/एक वटा र अन्य पाँचवटा सहकारी छन् ।

काठमाडौं कार्य क्षेत्र भएका सहकारीहरू महानगरको सहकारी विभागमा दर्ता भएर सञ्चालन हुन्छन् ।

विभागमा सहकारी वित्तीय जोखिमका उजुरीहरू पर्ने गरेका छन् । यस्ता उजुरीहरूमा बचत फिर्ता, ब्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्य समिति विवाद, लेखा समिति विवाद, ऋण असुली जस्ता विषय छन् । घर भाडा नतिरेको, ऋण तिर्दा पनि धितो फुकुवा नगरिदिएकोजस्ता समस्या सहकारी क्षेत्रमा देखिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu