site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डलाई दबाब– गृहमन्त्री अब रास्वपालाई नदिउँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) भित्र गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन नहुने बहस चलेको छ । 

माओवादीका नेताहरु गृह मन्त्रालय आफैंले राख्नुपर्ने पक्षमा देखिएका छन् ।  माओवादीले स्थायी कमिटी बैठक सारेर पदाधिकारी बैठक बोलाएको थियो ।

बिहान ११ बजेका लागि बोलाइएको पदाधिकारी बैठकअघि प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका केही पदाधिकारीसँग छलफल गरेका थिए । 

छलफलमा उनले गृह मन्त्रालयबारे के गर्ने भनेर जिज्ञासा राखेका छन् । 

पदाधिकारी बैठक सकिएपछि गृह मन्त्री को भन्ने प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘बनेपछि थाहा हुने’ जवाफ दिए । 

Global Ime bank

“बनेपछि थाहा पाउनुहुन्छ,” उनले सञ्चारकर्मीसँग भने ।  उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महाराले गृहमन्त्री को बन्ने भन्ने विषयमा सरकारले निर्णय गर्ने बताए । 

बुधबार बस्ने स्थायी कमिटी बैठकमा त्यसबारे छलफल हुने उनको भनाइ छ । 

माओवादीका नेताहरु गृह मन्त्री छाड्न नहुने पक्षमा छन् । “अहिलेको अवस्थामा गृह मन्त्री छाड्नुहुँदैन । गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीमा रहनुपर्छ । त्यहीअनुसार कोर्ष अघि बढ्ने देखिन्छ,” बैठकपछि एक पदाधिकारीले बाह्रखरीसँग भने । 

अर्का एक नेता गृह मन्त्रालय रास्वपालाई नभएर रवि लामिछानेका लागि दिइएकोले अब पार्टीले नै राख्नुपर्ने बताउँछन् । 

रवि गैर सांसद भएकाले उपप्रधानसहित गृहमन्त्री बनाउँदा सरकारको छविमा प्रश्न उठ्ने उनको भनाइ छ । 
“गृह मन्त्रालय रास्वपालाई भनेर निर्णय भएको थिएन । रविलाई भनेर दिइएको थियो । नागरिकता विवादमा उनले सांसद पद गुमाइसकेका छन् । गैर सांसदलाई मन्त्री बनाउँदा राम्रो सन्देश जाँदैन । त्यसो त उनको मुद्दामा अझै के हुने भन्ने अन्यौलता नै छ,” ती नेता भन्छन्, “अब रविलाई मन्त्री बनाउनुहुँदैन । गृह पार्टीले नै राख्नुपर्छ । यो विषय स्थायी कमिटीमा उठ्छ ।” 

नागरिकता विवादमा रवि लामिछानेले सांसदसहित उपप्रधान तथा गृहमन्त्री गुमाएका थिए । उनले आइतबार पुनः नागरिकता लिएर पार्टीको सभापति बनिसकेका छन् । 

रास्वपाले गृह मन्त्रालय आफ्नै भागमा परेकाले अब दाबी गरिरहुनपर्ने बताइसकेको छ । तर, अबको गृहमन्त्रीबारे पात्रको विषयमा छलफल नभए पनि पार्टीले गृहमन्त्री पाउनुपर्ने पक्षमा माओवादी नेताहरु देखिएका हु्न् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu