देश
प्रेमिकासँगका अश्लील भिडियो पठाएको आरोपमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी एक महिलाको चरित्रहत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पीडित महिलाका साथीहरूलाई उनीसँगको अश्लील भिडियो पठाएर चरित्र हत्या गरेको आरोपमा प्रहरीले दोलखाको मेलुङ गाउँपालिका–७ खड्काथोकका २४ वर्षीय अर्जुन खड्कालाई पक्राउ गरेको हो ।
प्रहरीको साइबर ब्युरोका अनुसार उनीहरूबीच फेसबुकबाट भएको चिनजान प्रेम सम्बन्धमा परिणत भएको थियो ।

प्रेम सम्बन्धमा रहँदा उनीहरूबीच शारीरिक सम्बन्ध भएको र त्यतिबेला खिचेका अश्लील फोटो तथा भिडियोहरू खड्काले पीडितको साथीको फेसबुक म्यासेन्जरमा पठाएको प्रहरीले जनाएको छ ।
उनीबारे प्रहरीले अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ २२:१५
प्रतिक्रिया दिनुहोस्