site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्थिक तनावका कारण सहकारीका म्यानेजरले गरे आत्महत्या, बेहोस श्रीमती अस्पताल भर्ना

पोखरा । पोखरामा एक सहकारीका व्यवस्थापकले आत्महत्या गरेका छन् । 

पोखरा ११ रानीपौवामा रहेको डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रहेका लेखुराम खातीले साँझ ७ बजे आफ्नै घरको कोठामा पासो लगाएर आत्महत्या गरेका हुन् । 

उनले पोखरा ९ नयाँबजारस्थित पृथ्वीचोकमा रहेको घरमा नै आत्महत्या गरेको वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए । उनी चार महिनाको छोरा र एक छोरीका पिता हुन् । 

उनले आत्महत्या गरेपछि श्रीमती बेहोस भएकी छन् । उनलाई गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएको छ ।

३८ वर्षका उनलाई नजिकबाट चिन्नेहरुका अनुसार उक्त सहकारीले पछिल्लो समयमा बचतकर्ताको रकम फिर्ता दिन सकिरहेको थिएन । सेयर सदस्यले पनि उनीमाथि दबाब बढाइरहेका थिए ।

वडाध्यक्ष मर्सानीका अनुसार खाती आइतबारको सेयर सदस्यसँगको बैठकमा सहभागी भएर आएका थिए ।

व्यक्तिगत ऋण र सहकारीको दबाबका कारण उनी पछिल्लो समय तनावमा रहेको उनका निकटस्थ बताउँछन् । उनको पाइन्टमा आफूले तिर्नुपर्ने ऋण र व्यक्तिको नाम टिपोट गरेको नोट  भेटिएको छ ।

प्रहरीले घटनाबारे बिस्तृत जानकारी सोमबार दिने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २१:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro