site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतले ल्यायो नाकबाट दिइने कोभिड खोप, कति प्रभावकारी ?
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतले पहिलोपटक नाकबाट दिइने कोभिड खोप ल्याएको छ । ‍भारत बायोटेकले उत्पादन गरेको इन्कोभ्याक खोपलाई भारतले गणतन्त्र दिवसको दिन उद्घाटन गरेको हो ।

यसलाई नाकमा थोपाको रूपमा प्रयोग गरिँदा तन्तुहरूमा प्रतिरोध प्रतिक्रिया उत्तेजित पार्छ । सन् २०२२ को सेप्टेम्बरमा चीनले पनि सुँघ्ने खालको कोभिड खोपलाई अनुमोदन गरेको थियो । त्यसलाई भने स्प्रे गर्ने गरिन्छ । 

वैज्ञानिकहरूले नाकमार्फत लिइने खोपले शरीरभित्र कोभिड प्रवेश गर्ने नाक र माथिल्लो वायु मार्गका तन्तुहरूमा प्रतिरोधात्मक क्षमता प्रदान गर्ने बताइएको छ । 

Agni Group

बेलायत र अमेरिकामा पनि अनुसन्धान टोलीहरूले नाकमा छर्किने अर्थात् स्प्रे गर्ने खोपबारे अनुसन्धान गरिरहेका छन् । गत नोभेम्बरमा भारतका औषधि नियामकले कोभिसिल्ड वा कोभ्याक्सिनका दुई डोज लिइसकेका मानिसहरूलाई बुस्टर डोजका रूपमा दिन इन्कोभ्याकको प्रयोगलाई अनुमोदन गरेको थियो ।

कोरोना महामारीको चरम अवस्थामा वयस्कहरूलाई आपत्कालीन खोपको रूपमा कोभिसिल्ड र कोभ्याक्सिन दिइएको थियो । यो खोपको मूल्य निजी क्लिनिक तथा अस्पतालमा भारु ८०० र सरकारी अस्पतालमा भारु ३२५ तोकिएको छ ।

Global Ime bank

यसलाई सरकारी अनलाइन प्लेटफर्ममार्फत पनि बुक गर्न सकिन्छ । यसको दुई डोज २८ दिनको अन्तरमा लिनुपर्ने बताइएको छ । 

भारत बायोटेकका अध्यक्ष डा. कृष्ण एल्लाले एएनआईलाई भनेका छन्, “सिरिन्ज वा सुई नचाहिने भएकाले यसलाई प्रयोग गर्न सजिलो छ । साथै सुईमार्फत लिइने कोभिडका खोपका तुलनामा यसले व्यापक प्रतिरोध प्रतिक्रिया प्रदान गर्दछ ।"

भारतले अहिलेसम्म आफ्ना जनतालाई दुई अर्ब भन्दा बढी कोभिड खोप दिइसकेको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार क्ल जनसङ्ख्याको ७० प्रतिशत भन्दा बढीले कम्तीमा दुई डोज खोप लिइसकेका छन् । 

सन् २०२२ को जनवरीमा भारतले स्वास्थ्यकर्मी र अग्रमोर्चामा रहेर काम गर्ने तथा ६० वर्ष उमेर नाघेका थुप्रै रोगग्रस्त व्यक्तिहरूलाई बुस्टर डोज दिन सुरु गरेको थियो ।    

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  २१:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC