site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानबाट तीन हजार अफगान शरणार्थीहरूलाई देश निकाला

काबुल । इस्लाम काला र पुले अब्रिशुम सीमाहरू हुँदै हाल इरानबाट तीन हजार भन्दा बढी अफगान शरणार्थीहरूलाई देश निकाला गरिएको खामा प्रेसले जनाएको छ । 

अफगान शरणार्थीहरूको बलपूर्वक निर्वासन र हिरासत राख्ने क्रम जारी रहेको जनाइएको छ । हालै तीन हजार १२३ अफगान आप्रवासीहरूलाई इरानबाट निष्कासित गरिएको थियो । 

तालिबन नेतृत्वमा अफगानिस्तानको शरणार्थीहरुलाई स्वदेश फिर्ता गरिरहेको शरणार्थी मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनवरी २४ र २५ मा क्रमशः ३ हजार १२३ अफगानी आप्रवासीलाई इरानबाट निकालिएको घोषणा गरेको छ ।

इरानमा पछिल्लो समय अफगान नागरिकलाई हिरासतमा राखेर जबरजस्ती अफगानिस्तान पठाइएको छ । धेरै अफगानहरूले आफ्नो जीवनको चिन्ता र डरलाग्दो आर्थिक अवस्थाको कारण देश छोडेका थिए ।  इरानमा हाल ४० लाखभन्दा बढी अफगानीहरू बसोबास गरिरहेका देशको विदेश मन्त्रालयले जनाएको छ ।  

Global Ime bank

इरानबाट फर्केका शरणार्थीहरु हेरात र निमरुज प्रान्तहरू हुँदै अफगानिस्तान प्रवेश गरेका तालिबान अधिकारीहरूले जनाएका छन् । इरानी अधिकारीहरूलाई अफगान शरणार्थीहरूसँग शिष्ट व्यवहार गर्न आग्रह गरिएको छ । 

गत वर्ष अगस्टमा अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि हजारौं अफगानीहरू तालिबानको सत्ताका कारण  मृत्युको डरले देश छोडेर भागेका थिए ।

पाकिस्तान तालिबानले पुनः नियन्त्रणमा लिएपछि अफगानिस्तानसँग सीमा जोडिएका दुई राष्ट्र इरान र  पाकिस्तानमा  ठूलो संख्यामा बसाइँसराइको लहर चलेको खामा प्रेसले जनाएको छ । रासस/एएनआई
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu