site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ग्यास विस्फोटमा परी चार बालबालिकाको मृत्यु, दुईमहिला घाइते
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । सो घटनामा परी दुई महिला घाइते भएका छन् ।
   
परिवारका एक सदस्यले कोठामा लिक भएको ग्यास जम्मा भएको थाहै नपाई हीटर बाल्ने प्रयास गर्दा घटना भएको जनाइएको छ । घटनामा घर आंशिक रुपमा भत्किएको र ठूलो आगो निस्कियो जसको कारण बच्चाहरू र महिलाहरू गम्भीर रूपमा जलेका थिए । उद्दार टोलीहरूद्वारा घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।

घाइते बालबालिकाको मृत्यु भएको छ भने गम्भीर घाइते महिलाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । क्वेटामा हाल चरम शीतलहर जारी रहेको छ । क्वेटामा हाल रात र बिहानको समयमा माइनस तीन डिग्री सेल्सियसमा झर्ने गरेको जनाइएको छ  । रासस/सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC