site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाई सेवा ठप्प
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५, तिन्जेमा भारी हिमपात भएपछि सेताम्य देखिएको गाउँ । तस्बिर : हेमन्त केसी/रासस ।
Tiktok banner adTiktok banner ad

जाजरकोट । कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ ।

यस्तै, जाजरकोटको उत्तरी क्षेत्र, रुकुम पश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ । लामो समयदेखि काला देखिएका डाँडाकाँडा हिउँले सेताम्य भएका छन् ।

डोल्पाको जुफाल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाई सेवा दुई दिनदेखि ठप्प छ ।

लामो समयदेखि पानी नपरेर आकाशे पानीको भरमा लगाएको बालीनालीमा भने राहत पुगेको छ । हिमाली क्षेत्रमा भारी हिमपात हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या परेको छ ।

चिसोका कारण जनजीवन मुस्किल हुँदै गएको छार्काताङसुङका निमा गुरुङले बताए । जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत र दैलेखमा परेको पानीका कारण यस क्षेत्रमा लगाएको गहुँबालीलगायत बेमौसमी तरकारी बालीमा राहत पुगेको किसान बताउँछन् ।

चिसोका कारण विद्यालय समेत बन्द छन् । अरू ठाउँमा वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्र हिमाली जिल्लामा फागुनदेखि सुरु भएर पुसमा बिदा हुने गर्छ । यातायातसहित विद्युत् सेवाको पहुँच नभएका हुम्ला, मुगु र डोल्पामा हिमपातले सञ्चार सेवा समेत विच्छेद भएको छ । सौर्य ऊर्जाबाट सञ्चालन हुने यहाँका फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा अवरुद्ध भएको छ ।

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । हुम्लाको यारी, हिल्सा नाका, लिमी जाने बाटो हिमपातले अवरुद्ध भएको छ । उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्क समेत विच्छेद भएको छ । कर्णाली राजमार्गअन्तर्गत जुम्लाबाट मुगुसम्म सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro