site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शङ्कर लामिछानेको सम्झनामा परिचर्चा कार्यक्रम 

काठमाडौं । नेपाली निबन्धमा विशिष्ट योगदान पुर्याउने साहित्यकार शङ्कर लामिछानेको ४७औं स्मृति दिवसमा उनको साहित्यिक योगदानको चर्चा गरिएको छ । मंगलबार काठमाडौंमा शङ्कर लामिछाने प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा साहित्यकार डा. रामदयाल राकेशले साहित्यकार लामिछाने कलमका जादूगर भएको बताए । 

साहित्यकार प्रमोद प्रधानले ५० वर्षभन्दाअघिको समयमा लेखिएका लामिछानेका निबन्धहरू विषय, भाव, बौद्धिकता, गाम्भीर्य, कलात्मक र शैली सबै दृष्टिबाट विशिष्ट रहेको उल्लेख गरे । 
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०९:०५