site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मापदण्ड भन्दा बढी धूँवा फाल्ने  २५८ वटा सवारी साधन ट्राफिक कारबाहीमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । गत मंसिरदेखि अहिलेसम्म मापदण्डभन्दा बढी धूँवा फाल्ने २५८ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न संघसस्था लगायतका सवारी साधन गरी २५८ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत मंसिर ७ गतेदेखि अभियानकै रुपमा सञ्चालन गरेर उपत्यकाको विभिन्न स्थानमा सवारी साधनको प्रदुषण चेक गर्दै आएको छ ।

वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले विभिन्न स्थानमा अभियान सुरु भएदेखी हालसम्म ६४५ भन्दा बढी सवारी साधनको प्रदुषण चेक गरेको थियो ।

मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुने भएकाले कारबाही गरिएको ट्राफिक प्रवक्ता राजेन्द्र प्रसाद भट्टले बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro