site stats
बाह्रखरी :: Baahrakhari
विदेश
संसद्मा विवाद भएपछि कुवेतमा मन्त्रिपरिषद्को राजीनामा

कुवेत सिटी । कुवेतको मन्त्रिपरिषद्ले विपक्षी नेतृत्वसँग संसद्मा विवाद भएपछि राजीनामा दिएको छ । 

प्रधानमन्त्री शेख अहमद नवाफ अलअहमद अलसबाहले युवराज शेख मेसल अलअहमद अलजाबेर अलसबाहसमक्ष राजीनामा पेस गरेका सरकारी समाचार समिति कुनाले जनाएको छ ।

कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले  राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै जनाएको छ । 

तर, संसद्मा के विषयमा विवाद भएको भन्ने विस्तृत विवरण दिइएको छैन । संसद्को बैठक आजका निम्ति बोलाइएको थियो । 

गत अक्टोबरमा शपथ लिएको निवर्तमान मन्त्रिपरिषद् बितेका तीन वर्षमा छैटौँ हो । 

एक दशकपछि गत सेप्टेम्बरमा कुवेतमा निर्वाचन भएको थियो । निर्वाचनपछि विपक्षीको नेतृत्वमा संसद् गठन भएको थियो । रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १७:०६