site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘स्पट फिक्सिङ’मा संलग्न खेलाडी पक्राउको तयारी, १० लाखसम्म भएको थियो प्रस्ताव !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’मा जोडिएका खेलाडीलगायतलाई पक्राउको तयारी भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका क्रममा ‘स्पट फिक्सिङ’को प्रमाण फेला पारेको दाबी गर्दै उनीहरुलाई पक्राउको तयारी गरिएको उच्च स्रोतले जानकारी दिएको छ ।

सीआईबीले अनुुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ भने केही दिनमै मुद्दा बुझाउने तयारी गरेको छ । बाह्रखरीलाई प्राप्त जानकारीअनुसार नेपाली खेलाडीसहित पाँचदेखि सात जनालाई प्रतिवादी बनाउने तयारी छ ।

Dabur Nepal
NIC Asia

विदेशी खेलाडी स्वदेश फर्किइसकेकाले नेपालमा रहेकालाई पक्राउ गरेर मुद्दा बुझाइने सीआईबी स्रोतले बतायो ।

स्रोतका अनुसार ‘स्पट फिक्सिङ’मा एकजना राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई पनि प्रतिवादी बनाउने तयारी छ ।

तर नाम भने उल्लेख गर्न मानेनन् । 

उनले लिगको एक खेलमा बलिङ गर्ने क्रममा ‘स्पट फिक्सिङ’गरेको खुलेको छ । उनले कुन खेलमा ‘स्पट फिक्सिङ’गरेका हुन् भन्नेबारे अनुसन्धानमा सक्रिय ती प्रहरी अधिकारीले बताउन चाहेनन् ।

ती खेलाडीलाई नेपाली टोलीका उदाउँदा युवा खेलाडीको रुपमा हेरिएको प्रहरी दाबी छ । यसबाहेक एकजना पूर्व राष्ट्रिय खेलाडीलाई पनि प्रतिवादी बनाउने तयारी छ ।

‘स्पट फिक्सिङ’मा जोडिएका विदेशी खेलाडीमा वेष्ट इन्डिजका खेलाडी रहेको बताइएको छ । क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्ट कम्पनीलाई पनि प्रतिवादी बनाउने तयारी छ ।

गृह मन्त्रालयले ‘फिक्सिङ’ र ‘स्पट फिक्सिङ’को अनुसन्धान गर्न निर्देशन दिएपछि सीआईबी सक्रिय भएको थियो ।

सुरुमा कमेन्ट्री टिममा रहेका सचिन तिमल्सिनाले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै लिगमा ‘स्पट फिक्सिङ’को आशंका गर्दै प्रतियोगिताबाट बाहिरिने घोषणा गरेका थिए ।

त्यसपछि काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरे । तर, उनले कोमार्फत् कसलाई प्रस्ताव आएको भन्ने खुलाएनन् ।

त्यसपछि सीआईबी, राष्ट्रिय खेलकुद परिषद् (राखेप), विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीलगायत निकायले अनुसन्धान सुरु गरेका थिए ।

१० लाखसम्म भएको थियो प्रस्ताव
सीआईबीका अधिकारीहरूका अनुसार बढीमा १० लाखसम्मको प्रस्ताव ‘स्पट फिक्सिङ’को प्रस्ताव आएको खुलेको छ । 

‘स्पट फिक्सिङ’ मा थ्री स्पोर्ट कम्पनीसँग जोडिएका व्यक्ति नै संलग्न रहेको पाइएको छ ।

केही खेलाडीले ‘स्पट फिक्सिङ’को प्रस्ताव आउँदा क्यानलाई जानकारी गराएको खुलेको छ भने केहीले जानकारी नदिएको थाहा भएको छ ।

त्यस्तो प्रस्ताव आउँदा पनि सम्बन्धित निकायलाई जानकारी नगराउने खेलाडीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ ।

गत पुस ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ मा भएको थियो । 

खेल अवधिमै खेलाडीलाई नियन्त्रणमा लिँदा प्रतियोगितामा असर पर्ने भएकाले तत्काल कसैलाई पक्राउ गरिएको थिएन ।

स्रोतका अनुसार ‘स्पट फिक्सिङ’मा कुनै न कुनै रुपमा सुदूरपश्चिम र पोखराबाहेक सबै टोली जोडिएको पाइएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro