site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आगामी महिना राजीनामा दिने न्युजिल्यान्डको प्रधानमन्त्री जसिन्डाको उद्घोष

काठमाडौं । न्युजिल्यान्डको प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । उनले नेतृत्व गर्नका लागि आफूसँग पर्याप्तता नभएको बताएकी छन् ।

राजीनामा दिने उद्घोषसँगै आर्डनले पदीय जिम्मेवारीमा ६ वटा “चुनौतीपूर्ण” वर्षहरूले पारेको प्रभावबारे पनि विस्तृतरूपमा बताएकी बीबीसीले लेखेको छ । 

उनले फेब्रुअरी ७ पछि लेबर पार्टीको नेताबाट राजीनामा दिनेछिन् । उनको प्रतिस्थापनका लागि आगामी दिनमा मतदान हुनेछ । न्युजिल्याण्डमा १४ अक्टोबरमा आम निर्वाचन हुँदै छ ।

४२ वर्षीया आर्डर्नले भन्की छन्, “मैले आशा गरेको थिएँ कि मैले त्यो अवधिमा गर्न आवश्यक पर्ने कुराहरू फेला पार्न सक्छु । तर, दुर्भाग्यवश मैले पाइनँ । र, अब पदमा बहाल रहँदा म न्युजील्याण्डलाई अपमान गर्दै हुनेछु ।”

Global Ime bank

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन् । र, एक वर्षपछि उनी कार्यालयमा रहँदा बच्चा जन्माउने दोस्रो विश्व नेता बनिन् ।

ओपिनियन पोल अनुसार उनको घरेलु लोकप्रियता हालका महिनाहरूमा ओरालो लागेको छ । तर, आर्डर्नले लेबरले चुनाव जित्न नसक्ने विश्वास गरेकोले आफूले राजीनामा नगरेको बरु त्यो चुनौतीको लागि काँधको नयाँ सेट चाहिएको बताएकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu