site stats
बाह्रखरी :: Baahrakhari
विदेश
फिनल्यान्डकी प्रधानमन्त्री मरिनले 'उमेर र लिंग'को प्रश्न पन्छाइन् 

कोपेनहेगन । फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले उमेर र लिंगबारे सोधिएको प्रश्नको जवाफ दिन अस्वीकार गरेकी छन् । आफ्नो उमेर र लिंगबारे प्रश्न सोध्ने एकजना पत्रकारलाई रोकेर उनले भनेकी छन्, “हामी त्यसतर्फ जानु आवश्यक छैन ।"

३६ वर्षीया सान्ना मरिनले सन् २०१९ को डिसेम्बरमा फिनल्यान्डको प्रधानमन्त्रीको हैसियतले शपथ ग्रहण गर्दा उनी विश्वकै सबैभन्दा कम उमेरकी सत्तारूढ सरकार प्रमुख बनेकी थिइन् । उनले यसअघि भने आफ्नो लिंग र उमेरबारे प्रश्नहरू उठाएकी थिइन् । 

मंगलबार स्विजरल्यान्डको डेभोसस्थित विश्व आर्थिक मञ्मा अन्तर्वार्ता लिने क्रममा सीएनएन तथा वासिंगटन पोस्टका पत्रकार फरिद जाकारियाले ती विषयमा कोट्याउन खोजेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जाकारियाले उनलाई भनेका थिए, “मलाई थाहा छ, तपाईं एक निकै कम उमेरकी महिलाको हैसियतले यस्तो महत्त्वपूर्ण काममा निभाइएका आफ्नो भूमिकाबारे कुरा गर्न चाहनु हुन्न "

यसको जवाफमा मरिनले भनिन्, “र, हामीले त्यसो गर्नु पर्दैन । तपाईंलाई थाहा छ, हामीलाई त्यहाँ पुग्नु छैन ।"

तर जाकारियाले प्रश्नलाई निरन्तरता दिने प्रयासमा मरिनलाई यो विषय जनचासोको भएको बताएका थिए । 

त्यसपछि जाकारियाले आफ्नो प्रश्नको कोण मिलाउँदै भने, “के तपाईंलाई लाग्छ कि तपाईंले महिलाको एजेन्डालाई अगाडि बढाउने कामहरू गर्नुभएको छ वा केही मुद्दाहरूलाई तपाईंले अरूले भन्दा राम्ररी बुझ्नुभएको छ ?"

तर जवाफमा मरिनले कुनै पनि विषय आफू महिला हुनुसँग कुनै सरोकार नरहेको अडान दोहर्‍याएकी थिइन् । 

तर मरिनले केवल पचपन्न लाख जनसंख्या रहेको फिनल्यान्डमा लैंगिक समानता विशेष महत्त्वपूर्ण रहेको बताएकी छन् । 

याहुबाट ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २३:१८
प्रतिक्रिया दिनुहोस्