site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा चिकित्सकले नै जीवित शिशुलाई मृत घोषणा गरेपछि...

विराटनगर । हाइपोथर्मिया भएका १८ दिनका जिउँदो शिशुलाई मृत घोषणा गर्ने चिकित्सकमाथि कुटपिट भएको छ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ३ भात्तिगन्जकी उमा मुखियाको १८ दिने नवजात छोरीलाई जीवितै अवस्थामा मृत घोषणा गरेपछि आफन्तले कोसी अस्पताल विराटनगरका चिकित्सक आकाश यादवलाई कुटपिट गरेका हुन् । कुटपिटबाट यादवको टाउकोमा चोट लागेको छ । 

घटनामा संलग्न तीनजना मनोज मुखिया, मन्नु मुखिया र नाम नखुलेको अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नवजात छोरी अचानक बिरामी भएपछि बुबा दिलीप मुखिया र आमा उमा बुधबार बिहान कोसी अस्पताल उपचारार्थ भर्ना गरेका थिए । बुवा दिलीपले भने, "इमरजेन्समा भर्ना गरेपछि डा. आकाश यादवसहितको टोलीले चेकजाँच गर्नुभयो । केहीबेरमै बच्चाको मृत्यु भएको भन्दै घर लैजान भन्नुभयो । तर, मेरी भाउजूले बच्चा बोकेर जाँदा पेट चलेको देखियो । जीवितै रहेछ ।"

मृत घोषणा गरिएकी छोरीलाई लगत्तै नजिकैको गोल्डेन अस्पतालमा लगेर उपचार सुरु गरेको र अहिले एनआईसीयूमा राखेर उपचार भइरहेको मुखियाले बताए । उनका अनुसार अहिले छोरीको स्वास्थ्य अवस्था रूपमा सुधार भइरहेको छ ।

नवजात शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्कन नभएको र श्वास पनि नचलेको भन्दै कोसीका चिकित्सकले घर लैजान भनेको आमा उमाले बताइन् ।‌

कोसी अस्पतालका मेसु लक्ष्मी नारायण यादवले चिकित्सकमाथि कुटपिट भएको जानकारी दिँदै शिशु उपचारको विषयमा हेलचेक्राइँ भए/नभएको विषयमा छानबिन सुरु गरिएको बताए । 

पत्रकारमाथि दुर्व्यवहार 
यसैबीच घटनाबारे प्रतिक्रिया लिन कोसी अस्पताल पुगेका पत्रकारमाथि मेसु लक्ष्मी नारायण यादवले हातपात गरेका छन् । लाइभ रफ्तार अनलाएनका पत्रकार सोनु कुमार दासलाई यादवले धकेल्दै कार्यकक्ष बाहिर लगेको दासले बताए ।

Patrakar1674046290.jpg

"मैले घटनाबारे प्रश्न सोध्दै क्यामेरा निकालेटछि धकेल्दै बाहिर निकाल्नुभयो," दासले भने । घटनाबारे नेपाल पत्रकार महासंघले बुझ्न शुरु गरेको महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले बताए । 

 चिकित्सक कुटपिटमा संलग्न तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro