site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
एउटा सानो ट्विटका कारण मस्कले अर्बौं डलर तिर्नुपर्ने ! 
Ghorahi CementGhorahi Cement

टोरोन्टो । अर्बपति व्यवसायी एलन मस्कले ट्विटरमार्फत आफूले ७२ अर्ब अमेरिकी डलरमा टेस्ला कम्पनी किनेर निजीकरण गर्ने बताएपछि उनी फेरि विवादमा फसेका छन् । 

टेस्लाका सेयरहोल्डरहरूले उनको भनाइलाई लिएर क्षतिपूर्तिको मागसहित उनीविरुद्ध मुद्दा दायर गरेका छन् । ती सेयर होल्डरहरूले मस्कको अभिव्यक्तिले कम्पनीको सेयरको मूल्यलाई प्रभावित गरेको आरोप लगाएका छन् । 

Dabur nepal
Agni Group

उनीहरूको मुद्दाको सुनुवाइ मंगलबादेखि सुरु भएको छ ।

मस्कले सन् २०१८ मा ट्विट गर्दै आफूले कार निर्माण कम्पनी 'टेस्ला'को निजीकरणका लागि आर्थिक लगानी सुरक्षित गरेको बताएका थिए । यद्यपि टेस्ला निजी कम्पनी भने बन्न पाएन । सेयर होल्डरहरूले उनको भनाइका कारण टेस्लाको सेयर मूल्यमा गिरावट आउँदा आफूहरूले अर्बौं डलरको नोक्सानी बेहोर्नुपरेको दाबी गरेका थिए । 

टेस्लाका सीईओ मस्कले आफूले साउदी अरेबियाको इन्भेस्टमेन्ट फन्डबाट पैसा जुटाउन सक्ने विश्वास लिएको र आर्थिक सुरक्षा घोटाला नगरेका बताएका थिए । 

यदि अमेरिकाको सान फ्रान्सिस्कोस्थित अदालतले सेयर होल्डरको पक्षमा निर्णय सुनाए मस्कले क्षतिपूर्तिबापत अर्बौं डलर तिर्नुपर्नेछ ।

बीबीसीबाट ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  २२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu