site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निबन्धकृति ‘संवेदनाका स्वरहरू’को २५ वर्ष   
Ghorahi CementGhorahi Cement

काठमाडौं । चार निबन्धकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशको संयुक्त निबन्धकृति ‘संवेदनाका स्वरहरू’ प्रकाशित भएको २५ वर्ष पुगेको छ । 

सोहीअवसरमा शङ्कर लामिछाने प्रतिष्ठानले उक्त निबन्धकृतिमाथि परिचर्चा कार्यक्रमको आयोजना गर्दै निबन्धकारितामाथि विहङ्गम छलफल गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा समालोचक प्रा.डा. ज्ञानू पाण्डेले कृतिकारहरूलाई बुझ्न ‘संवेदनाका स्वरहरू’भित्र पस्नुपर्ने बताइन् । 

उनले चारै निबन्धकारहरूले कलात्मक निबन्ध प्रस्तुत गरेको उल्लेख गर्दै २५ वर्षपछि पनि चारै स्रष्टा निबन्ध लेखनमा क्रियाशील रहेको बताइन् । 

Agni Group

अर्का समालोचक महेश पौडेलले यी चारै निबन्धकारले निबन्धलाई क्लिष्टताबाट मुक्त गरेको बताए । उनले साहित्यमा प्रयुक्त सिद्धान्त र शब्दावलीले पाठकबीच आतङ्क सिर्जना गरिरहेको तर्क पनि गरे ।

समारोहमा चारै स्रष्टाले २०५४ सालमा ‘संवेदनाका स्वरहरू’ प्रकाशन गर्दाको पीडा र खुसी साटे । ३५ रुपैयाँ मूल्य राखिएको कृति बेच्दै हिँडेको र बिक्रीपछि मात्रै प्रेसको पैसा तिरेको क्षण तिनले स्मरण गरे । 

Global Ime bank

चारै निबन्धकारले निबन्धकारिताको प्रारम्भिक कालमा डा. शैलेन्दुप्रकाश नेपालबाट पाएको साथ, सहयोग र हौसलाको चर्चा गरे । ‘संवेदनाका स्वरहरू’ डा. नेपालले सम्पादन गरेका हुन् ।

डा. नेपालले निबन्ध साहित्यको आत्मा भएको उल्लेख गर्दै २५ वर्षसम्म पनि पहिलो संस्करणमै रहेको यस कृतिको दोस्रो संस्करण प्रकाशित हुनुपर्ने बताए । उनले भने, “यस कृतिमा चारै स्रष्टाका ४÷४ निबन्ध छन् । चारैका थप ४÷४ निबन्धसहित कृति प्रकाशन गर्नुस् । त्यसको सम्पादन पनि मैले नै गर्छु ।”

कार्यक्रममा ०५४ सालमा कृतिको आवरण चित्र बनाउने कलाकार केके कर्माचार्य प्रमुख अतिथि थिए । सम्बोधनका क्रममा यो क्षण आफ्ना लागि स्मरणीय रहेको उल्लेख गरे ।

समारोहमा प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली र श्रीबाबु कार्कीले पनि बोलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC