site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गौर घटना : उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्न सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गौर घटनाका सम्बन्धमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगले तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष यादवलगायत व्यक्तिमाथि अनुसन्धान गर्न सिफारिस गरेको हो ।

०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको हिंसामा २७ जनाको मृत्यु भएको थियो । हत्याकाण्डसँग सम्बन्धित उजुरी, कागजात र अनुसन्धान प्रतिवेदनको अध्ययनपछि आयोगले यस्तो सिफारिस गरेको हो ।

Dabur Nepal
NIC Asia

उक्त घटना हुनुमा तत्कालीन नेकपा (माओवादी)को भातृसंगठन मधेशी मुक्ति मोर्चा र मधेशी जनअधिकार फोरमको तिक्तता र प्रतिशोधपूर्ण व्यहार जिम्मेवार रहेको आयोगको ठहर छ ।

“...उल्लिखित घटना हुनुमा तत्कालीन नेकपा माओवादी भातृसंगठन मधेशी मुक्ति मोर्चा र मधेशी जनअधिकार फोरमको तिक्ततापूर्ण र प्रतिशोधी व्यहार जिम्मेवार देखिन्छ । यस्तो व्यवहारको बारेमा दुवै पक्षका नेतृत्व तह पूर्ण रूपमा गम्भीर हुन नसकेको देखियो,” आयोगले भनेको छ, “घटनामा मधेशी जनअधिकार फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादव र रौतहट जिल्लाका फोरम कार्यकर्ताहरू तथा तत्कालीन नेकपा (माओवादी) भातृसंगठन मधेशी मुक्ति मोर्चाका तत्कालीन महासचिव प्रभु साह एवम् पूर्वजनसरकार प्रमुख विन्देश्वर यादवलाई एकै स्थान र समयमा दुई फरक र तिक्ततापूर्ण व्यवहार भएका दलहरूबीच कार्यक्रम भएमा हिंसा भई धनजनको क्षति हुन सक्ने अनुमान थिएन होला भनी अनुमान गर्न सकिएन । अतः यसमा दुवै दलका नेतृत्वबाट घटनालाई रोक्ने सन्दर्भमा कुनै पहल हुन सकेको देखिएन ।”

आयोगले नेपाल सरकार, राजनीतिक दललगायत निकायलाई विभिन्न सुझाव समेत दिएको छ ।

आयोगको निर्णय पढ्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  ०८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro