site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
३८ वर्षमा कुल क्षेत्रफलको एक प्रतिशतमा कफी
Sarbottam CementSarbottam Cement

काठमाडौं । माग उच्च हुँदै आए पनि नेपालमा कफी उत्पादन हुने सम्भावित क्षेत्रफलको एक प्रतिशतमा पनि कफी खेती हुन सकेकोे छैन । सरकारले कफी खेतीलाई प्राथमिकतामा राखे पनि व्यवहारमा उतार्न नसक्नु, कफीको बजार सुनिश्चित हुन नसक्नु, रोग किराले दुःख दिनु लगायतका कारण कफी खेतीमा आकर्षण बढ्न नसकेको सरोकारवलाहरुको भनाइ छ । 

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको कफी सम्बन्धी कार्यशाला गोष्ठीमा बोर्डका प्राविधिक अधिकृत गौरव लुईंटेलले मुलुकमा कफी खेतीको राम्रो सम्भावना रहे पनि अपेक्षा अनुरुप व्यवसाय अघि बढ्न नसकेको बताए । “मुलुकमा ११ लाख ९० हजार हेक्टर क्षेत्रफल जमिनमा कफीको खेती गर्न सकिन्छ,” उनले भने, “यद्यपि अहिले २ हजार ६१८ हेक्टर जमिनमा मात्र कफी लगाइएको छ ।” उनका अनुसार नेपालमा कफी खेती हुने सम्भावित क्षेत्रफलको शून्य दशमलब २२ प्रतिशत जमिनमा मात्र कफी खेती भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार हाल बजारमा ८ हजार टन कफीको माग रहे पनि ४३४ टन मात्र उत्पादन भइरहेको छ । उनले पछिल्लो समयमा वार्षिक १० करोड रुपैयाँ बराबरको ११२ टन मात्र कफी मुलुकबाहिर निकासी भएकोे जानकारी गराए । 

हेल्भेटासका कन्ट्री डाइरेक्टर डा. भरत पोखरेलले भने, “अहिले नेपालमा मागको ५ प्रतिशत मात्र कफीको उत्पादन छ । ८० वर्षअघि कफीको विकास भएको हो ।” उनका अनुसार स्वदेशमा कफी लगाउन सुरु गरिएको ३८ वर्ष पुगिसकेको छ । खेती भएको वर्षौ वितिसक्दा समेत खेति विस्तार हुनका साथै उत्पादन बढ्न नसेकेको उनको गुनासो छ ।
कफी खेतीको विस्तार हुन नसक्नु, उत्पादकत्व बढ्न नसक्नु, मूल्य महँगो हुनु लगायतका कारण कफीको उत्पादन बढ्न नसकेको सरोकारवलाहरुको भनाइ छ । 

Global Ime bank

कार्यक्रममा प्याक्टका कार्यक्रम निर्देशक डा. गोविन्दप्रसाद शर्माले बजारको अनिश्चितताले किसानमा कफी खेतीप्रति निराशा उब्जिएको बताए । “साना कफी खेती कृषकहरुलाई बजारका सम्बन्धमा थाहा नभएको कारण उत्पादन भएका कफी बजारसम्म लान नसकेको अवस्था छ,” उनले भने । उनका अनुसार अध्ययन अनुसार कफी मात्र खेती गर्नेभन्दा कफीसँगै अन्य बालीसमेत लगाउनेको आयस्रोत राम्रो देखिएको छ । 

उनले बिचौलियाका कारण कफी कृषकले उचित मूल्य नपाएको बताए । उत्पादक आफैंले बजारसम्म उत्पादन नपुर्याएसम्म कृषकले उपयुक्त मूल्य नपाउने उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ४, २०७४  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय