site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

गाउँको इज्जत जोगाउने निहुँमा बलात्कारको अपराधमा उजुरी गर्न नदिने गाउँका ‘ठालु’हरूलाई सप्तरी जिल्ला अदालतले कैद सजाय गर्ने फैसला गरेको छ । ढिलो भए पनि यस फैसलामा न्याय भएको देखिएकाले सराहनीय छ ।

सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका -  ७ मा तीन वर्षअघि भएको सामूहिक बलात्कारको अपराधमा उजुरी गरे सामाजिक बहिष्कार गर्ने चेतावनी दिएपछि पीडित युवतीले आत्महत्या गरेकी थिइन् । अहिले ती ठालुहरूलाई अदालतले कैद  सजाय र जरिवाना गरेको हो । 

सामूहिक बलात्कारजस्तो जघन्य अपराधमा समेत कानुनी कारबाही गर्न रोक्ने गाउँका ठालुहरूको तर्क थियो - यस्तो घटना बाहिर गयो भने गाउँको इज्जत जान्छ । इज्जतको यही मध्ययुगीन भाष्य बदल्न नसक्दासम्म यस्ता घटना भने दोहोरिइरहन सक्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली समाजमा अझै पनि ‘इज्जत’ अन्याय  नसहनुमा हुन्छ भन्ने  मान्यता स्थापित हुनसकेको छैन । गाउँका ठालुहरूमात्र होइन राजनीति र प्रशासनलगायत सार्वजनिक जीवनमा रहेका ‘ठालु’हरू पनि आआफ्ना क्षेत्रमा निर्धामाथि अत्याचार गर्नुलाई पौरख ठान्छन् ।

राजनीतिक आवरणमा भएका वा हुने मानवताविरुद्धको अपराधलाई क्षम्य ठान्ने सोच र अभ्यासले प्रकारान्तरमा डाक्नेश्वरीकै घटनालाई ‘सही’ ठान्ने जमातको निर्माण गरेको छ । समाजको त्यस्तो मानसिकता बदल्न राजनीतिक आवरणमा भएका अपराधमा उन्मुक्ति दिइनु हुँदैन । 

Global Ime bank

बलात्कारजस्तो जघन्य अपराधलाई सामान्य ठान्ने र मेलमिलाप गराउन खोज्ने प्रवृत्ति प्रहरी प्रशासनमा पनि छ । बलात्कार पीडितको उजुरी नै दर्ता गर्न प्रहरीले आलटाल गरेको अनेकौं घटना सार्वजनिक भएका छन् । प्रहरीको व्यवहार बदलिएको भने देखिएको छैन ।

विशेषगरी मधेसका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा बलात्कारजस्ता घटनामा मिलापत्र गर्ने वा शक्तिको आडमा दबाउने अभ्यास बढी देखिन्छ । अर्थात्, मध्ययुगीन अभ्यास र आर्थिक सामाजिक विकासका बीचमा सहसम्बन्ध हुन्छ भन्ने पुष्टि यसले पनि परेको छ ।

यसैले बलात्कारजस्तो जघन्य अपराधको घटना दबाउँदा गाउँको इज्जत जोगिन्छ भन्ने मानसिकता बदल्न सामाजिक जागरणका उपाय पनि अपनाउनुपर्ने देखिन्छ । साथै कानुनको कार्यान्वयन प्रभावकारी बनाउन प्रहरीको दृष्टिकोण र व्यवहारमा पनि परिवर्तन आवश्यक छ ।

सामाजिक जागरणमा क्रियाशील सामाजिक संघसंस्थाका साथै सबै तहका सरकारहरूले जनचेतना जगाउन सक्रियता देखाउनुपर्छ । सबैभन्दा बढी सक्रिय ती प्रदेशका राजनीतिक नेताहरू हुनुपर्छ । कारण, अपराध लुकाएर ‘इज्जत जोगिन्छ’ भन्ने पछौटे सोच हटाउने जिम्मेवारी मूलतः राजनीतिक नेतृत्वकै हो । 

  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC