site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–१ मा नयाँ सरकारको नेतृत्व कसको ?
Sarbottam CementSarbottam Cement

विराटनगर । केन्द्रमा तय भएको सत्ता गठजोडकै आधारमा प्रदेशहरुको गठन हुने निश्चित छ । प्रदेश–१ को सरकारको नेतृत्वका लागि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले दाबी गरेका छन् । 

प्रदेश प्रमुख पर्शुराम खापुङले पुस २४ गतेभित्र सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरिसकेका छन् । तर, यो प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र दुवैले सरकारको नेतृत्वमा दाबी प्रस्तुत गगरेका छन् तर कसले प्राप्त गर्ने भन्ने अन्योल देखिएको छ । 

नेकपा एमालेबाट हिक्मतकुमार कार्की र माओवादी केन्द्रबाट इन्द्र आङ्बो सर्वसम्मत रुपमा संसदीय दलको नेतासमेत चयन भइसकेका छन् । दलको नेता चयन भएसँगै मुख्यमन्त्री बन्ने दौडमा दुवैजना लागि परेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

दुई मध्ये एकले प्रदेश सरकारको नेतृत्व गर्ने देखिन्छ । दुबैले मुख्यमन्त्रीमा दाबी गरिरहँदा कसले नेतृत्व पाउलान् भन्ने तय हुन बाँकी छ । आङ्बो नेकपाको सरकार र कांग्रेस गठबन्धनको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा सबैभन्दा लामो समय मन्त्री भएका थिए । 

यसैगरी कार्कीसँग करिब साढे तीन वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव छ । 
सपथग्रहण लगत्तै मन्त्री आङ्बोले अब आफू त्यही पदमा दोहोरिने योजनामा नरहेको सुनाए । उनले भने, “अब मैले मुख्यमन्त्रीमै जाने हो । दोहोरिएर मन्त्री बन्दिन ।” 

Global Ime bank

आङ्बोले नयाँ गठबन्धनको सरकार गठन हुँदा आफ्नो पार्टीका नयाँ साथीहरुलाई मन्त्री पदमा अवसर दिने घोषणा नै गरिसकेका छन् । 

प्रदेश प्रमुखबाट आगामी पुस २४ गते साँझ ५ बजेसम्मको समयसी दिएर संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरु मिलेर बहुमत पुर्याएर सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । 

सरकार गठनको विषयमा नेकपा एमालेले सारथी दलहरुसँग छलफलसमेत सुरु गरिसकेको छ । संसदीय दलका नेता कार्कीले माओवादी केन्द्र, राप्रपा र जसपासँग एक चरणको छलफल सकिएको बताउँदै भने, “निर्धारित समयमै सरकार गठन गर्न दाबी पेश गर्छौ ।” सरकारको नेतृत्व तपार्इंले नै गर्ने कि माओवादीले गर्ने हो ? भन्ने प्रश्नमा कार्कीले प्रदेश–१ मा एमालेकै नेतृत्वको सरकार गठन हुने बताए । 

प्रदेश–१ मा प्रदेशसभा सदस्यमा जित निकालेको हिसाबमा एमाले पहिलो शक्ति हो । एमालेसँग ४० सिट छ । यस्तै, दोस्रो दल कांग्रेसले २९ सिट जितेको छ । माओवादी केन्द्रको १३ सिट, राप्रपाको ६ सिट, नेकपा (एकीकृत समाजवादी) को ४ सिट र जसपाले १ सिट जितेको छ । 

प्रदेशमा ९३ जना प्रदेशसभा सांसद छन् । सरकार बनाउन ४७ जना सांसद भए बहुमत पुग्छ । गठबन्धनसँग ६० सांसद छन् । एकीकृत समाजवादी र कांग्रेस विपक्ष बस्दा उनीहरुसँग ३३ सांसद छन् ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता आङ्बोले भने यसअघि प्रदेशमा एमालेलाई सघाएकोले अब आफूहरुको दाबी स्वभाविक भएको बताउँछन् । “अघिल्लो पटक हामीले सघाएर एमालेले नेतृत्व लिएको हो, अब हामीले पाउनु पर्ने सामान्य प्राकृतिक नियम नै हो भन्दा पनि हुन्छ,” आङ्बोले भने । 

प्रदेश–१ मा यसअघि नेकपाको सरकार गठन हुँदा एमालेले सभामुख र माओवादी केन्द्रले उपसभामुख भागबन्डा गरेका थिए । मुख्यमन्त्री शेरधन राई थिए । बाँकी मन्त्रालयहरु बाँडफाँट गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement