site stats
बाह्रखरी :: Baahrakhari
देश
धनगढीबाट एक हजारका १४२ थान नोट र साढे ५ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट एकहजारका १४२ थान नक्कली नोट र बाघको हड्डीसहित पाँचजना पक्राउ परेका छन् । धनगढी–१३ स्थित राजपुरको एसएस होटलबाट तीनजनासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले एक लाख ४२ हजार नक्कली नोट, पाँच किलो ५३० ग्राम बाघको हड्डीहरू बरामद गरेको छ । 

पक्राउ पर्नेमा होटलमा कोठा लगेर बसेका दार्चुलाको लेकम गाउँपालिका ६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका– १० का ३० वर्षीय करन सिंह धामी र डोटीकै बडिकेदार गाउँपालिका १ का ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

police 21672066340.jpg

उनीहरूमाथि अनुसन्धान गर्दै जादाँ धनगढीमै कोठा भाडामा लिएर बस्ने डोटीको शिखर नगरपालिका १० का १९ वर्षीय टेकेन्द्र धामीलाई पनि प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले यसअघि पुस ९ गते धनगढी उपमहानगरपालिका ४ बसपार्क स्थित साल्ट ट्रेडिङ कर्पोरेसन अगाडि नक्कली मुद्राको कारोबार गरिरहेको अवस्थामा कैलालीको चुरे गाउँपालिका ६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरेको थियो । 

Police 11672066340.jpg

साउँदमाथि खानतलासी गर्ने क्रममा प्रहरीले एक हजार दरका चार थान नक्कली नोट फेला पारेको थियो । उनीसँग जोडिएकाहरूको खोजी गर्ने क्रममा प्रहरीले थप चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  २०:२९
प्रतिक्रिया दिनुहोस्