site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा अज्ञात समूहको गोली लागेर सुन व्यवसायी घाइते

धनगढी । कैलाली अज्ञात समूहले चलाएको गोली लागेर एकजना सुन व्यवसायी घाइते भएका छन् ।

गोली लागेर गोदावरीमा रहेको न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम घाइते भएको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनको पद्मा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

अर्का माेटरसाइकल पछाडि बसेका विकास सुनार सामान्य घाइते भएका छन् ।

आइतबार साँझ अत्तरियाको पूर्वरोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै अज्ञात समूहले गोली चलाएको प्रहरीले जनाएको छ । 

अत्तरियाको पूर्व रोडमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जाेशीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्