site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेसनल ट्रेडिङको सम्पत्ति दुरुपयोग भएको पूर्वकर्मचारीको आरोप
Sarbottam CementSarbottam Cement

काठमाडौं । विघटन प्रक्रियामा गइसकेको नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्तिमा केही कर्मचारीले रजाइँ गरिरहेको आरोप अवकाश पाएका कर्मचारीले लगाएका छन् । सरकारकोे निर्णयअनुसार कम्पनीका सम्पूर्ण कर्मचारीहरुलाई स्वेच्छिक अवकाश दिइसकेपछि पनि आफ्ना नातेदार तथा नजिकका कर्मचारीहरुलाई अझैसम्म राखिरहेको उनीहरुको दाबी छ । 

अवकाशप्राप्त कर्मचारीहरुका अनुसार कम्पनीका सञ्चालक समिति अध्यक्ष तथा महाप्रबन्धकले अवकाश दिएर पनि केही कर्मचारीलाई बिदा गरेका छैनन् । 

नेशनल ट्रेडिङ आधिकारिक ट्रेड युनियनका अध्यक्ष राजु रानाभाटले विभिन्न किसिमका उपसमितिहरु बनाएर अनावश्यक खर्च गरिएको बताए । कम्पनीको आम्दानी पनि गोप्य राखिएको र आर्थिक अनियमितता भइरहेको दाबी उनको छ । कर्मचारीलाई अवकाश दिइसकेपछि कम्पनीको कुनै कार्यसम्पादन गर्न जनशक्ति चाहिए आपूर्ति मन्त्रालयबाट काजमा ल्याउनुपर्नेमा त्यसो नगरिएको रानाभाटले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारको निर्णयअनुसार कम्पनीले गत जेठ ७ गतेदेखि लागु हुने गरी सम्पूर्ण कर्मचारीलाई स्वेच्छिक अवकाश दिने निर्णय गरेको थियो । बीचमा वडाध्यक्षले रोकेका कारण तथा अन्य प्रक्रिया पूरा हुन समय लागेकाले कम्पनीले औपचारिक रुपमा असार १६ गतेदेखि सबैलाई अवकाश दिएको थियो । तर, ५१ जना कर्मचारीलाई भने कम्पनीको कार्यसम्पादनको काम नसकिएको भन्दै राखिएको थियो । तीमध्ये पनि १५ जनालाई असार दोस्रो साता अवकाश दिइएको छ भने ३६ जना कर्मचारीले अहिले पनि हाजिर गरिरहेको बताइएको छ । 

ट्रेड युनियनकी महिला उपाध्यक्ष अनिता मण्डलले सीमित कर्मचारीको रजाइँमा अहिले कम्पनी चलिरहेको आरोप लगाइन् । आफूहरुलाई अवकाशमा जान बाध्य बनाइएको उनको गुनासो छ  । “हामी २१ जना कर्मचारी भीआरएसको विरोधमा थियौं । हामीलाई कम्पनी बन्द हुँदैन भन्ने लागेको थियो । मैले भीआरएसमा गएर करिब ४८ लाख रुपैयाँ पाएँ तर पैसा पाउनभन्दा पनि जागिर खाइराख्नु हाम्रो लागि महत्त्वपूर्ण कुरा हो,” उनले भनिन् । कम्पनीका अनुसार भीआरएसबापत कर्मचारीले ४८ लाखदेखि ९८ लाख रुपैयाँसम्म प्राप्त गरेका थिए ।

Global Ime bank

कर्मचारीहरुका अनुसार अहिले पनि कम्पनीसँग करिब ४ करोडको सामान छ । अवकाश पाएका कर्मचारीहरु भन्छन्, “कम्पनीमा अहिले पनि काम गरिरहेका कर्मचारीले त्यो सामानमा रजाइँ गरेका छन् ।   कतिपय महँगा सामान कम्पनीको रेकर्डमा छन् तर सामान भेटिँदैन ।”

उनीहरुका अनुसार कम्पनीको स्वामित्वमा भएका भवनबाट आउने भाडा तथा अन्य आम्दानीको पनि हिसाब–किताब नै राखिएको छैन । कर्मचारीलाई स्वेच्छिक अवकाश दिएपछि कम्पनीले स्टकमा रहेको सामान ८५ देखि ९० प्रतिशतसम्म छुटमा लिलाम बिक्री गरेको बताइएको छ । 

नेशनल ट्रेडिङका महाप्रबन्धक लबराज जोशीले भने कम्पनीको कार्यसम्पादनका लागि आवश्यकताअनुसार कर्मचारी छनोट गरेर राखेको बताए । ती कर्मचारीलाई पनि विस्तारै घटाउँदै लगिरहेको उनको भनाइ छ । “हामीले कम्पनीको केही काम बाँकी भएकोले कर्मचारी राखेको हो,” उनले भने, “लेखालगायतका हिसाकिताब गर्न, लिलामी सामान सार्नका लागि जनशक्ति राखेका छौं ।” 

आपूर्ति मन्त्रालय तथा अन्य संस्थानबाट जनशक्ति ल्याएर कम्पनीको फरफारक गर्ने निर्णय भए पनि मन्त्रालयले त्यसलाई व्यवहारमा उतार्र्न नसकेको उनको भनाइ छ । “मेरो कम्पनीमा बस्ने इच्छा छैन । मलाई मन्त्रालयले फिर्ता बोलाओस्,” उनले भने, “स्वेच्छिक अवकाश पाउने केही कमचारीहरुलाई ईर्ष्या लागेर विभिन्न कुरा बाहिर ल्याएका हुन् ।” अहिले कम्पनीमा कुनै पनि कर्मचरी खालि नरहेको र चुस्तदुरुस्तका साथ काम भइरहेको उनले बताए । डेढ महिनाभित्र बाँकी काम गरी कर्मचारी हटाउने उनले जानकारी दिए । 

पछिल्लो समय कम्पनी सञ्चालन हुन नसकेपछि सरकारले कम्पनीका सबै कर्मचारीलाई स्वेच्छिक अवकाश दिने निर्णय गरेको थियो । त्यसको लागि केही महिनाअघि नेपाल आयल निगमलाई टेकुको भवनसहित ५० रोपनी ५ आना जग्गा ३ अर्ब २५ करोड रुपैयाँमा बिक्री गरेको थियो । कम्पनीले २६४ जना कर्मचारीलाई बिदा गर्न १ अर्ब ६६ करोड रुपैयाँ खर्चिएको छ ।

“कम्पनीले विभिन्न बैंक तथा वित्त संस्थाहरु, साल्ट ट्रेडिङ, सरकार, त्रिभुवन विमानस्थल आदिको दायित्व बुझाएर अब १२ करोड रुपैयाँमात्र बाँकी छ,” महाप्रवन्धक जोशीले भने । चलनचल्तीको मूल्यअनुसार कम्पनीसँग करिब ३० अर्ब रुपैयाँको सम्पत्ति छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २, २०७४  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय