site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रिय दलको उपेक्षामा सुदूरपश्चिम : समानुपातिकतर्फ ११० भित्र चारजना मात्रै अटाए
Sarbottam CementSarbottam Cement

डडेलधुरा । देश संघीय व्यवस्थापमा जानुअघि नौ जिल्ला रहेको तत्कालीन सुदूरपश्चिम विकास क्षेत्र र पूर्वी नेपालका कुनै एक जिल्लाको बजेट बराबर हुन्थ्यो । ८/९ वर्ष अगाडि पनि सुदूरपश्चिमको भन्दा बढी बजेट मोरङ जिल्लाको थियो । राज्यको विभेदविरुद्व सुदूरपश्चिमले पटकपटक संघर्ष गर्नुपर्‍यो । अहिले आएर अन्य प्रदेशकै तुलनामा सुदूरपश्चिमले पनि बजेट पाइरहेको छ ।

तर, ०७९ मंसिर ४ को निर्वाचनपछि राष्ट्रिय दल बनेका सबै पार्टीले पुरानो बजेटकै जसरी सुदूरपश्चिमलाई विभेद गरेका छन् । शनिबार समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले बुझाएको सांसदहरूको नामावली त्यस्तो देखिएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फका ११० मध्ये सुदूरपश्चिमबाट चारजना मात्रै परेका छन् । थ्रेसहोल्ड कटाएका सातमध्ये चार पार्टीले त सुदूरपश्चिमबाट एकजनाको नाम पनि निर्वाचन आयोगमा बुझाएका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेसबाट कैलालीकी ईश्वरी न्यौपाने र प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु रााण देउवाको नाम मात्रै निर्वाचन आयोगमा पुगेको छ । नेकपा (एमाले) प्रदेश सचिव धर्मराज पाठकका अनुसार सुदूरपश्चिमबाट एमालेले एकजनाको नाम मात्रै आयोगलाई बुझाएको छ । बाजुराका दयालबहादुर शाहीलाई समानुपातिकतर्फ सांसद बनाउन आयोगलाई नाम पठाइएको सचिव पाठकले बताए । नेकपा (माओवादी केन्द्र)ले पनि सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीकी रुपा चौधरीलाई समानुपातिकमा समेटेको छ । 

कूल ११० मध्ये एमालेले ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टीले पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात र जनमत पार्टीले पाँचजना समानुपातिक सांसद पाएका थिए ।

Global Ime bank

समानुपातिकतर्फ न्यून प्रतिनिधित्व देखिएसँगै राष्ट्रिय पार्टीले अहिले पनि सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएको भन्दै विरोध हुन थालेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चुनावी अभियान सुदूरपश्चिमबाट सुरु गर्दै सुदूर र कर्णालीको विकास गर्ने जिम्मा अब एमालेको हो भन्दै भाषण गरेका थिए । तर, समानुपातिकमा पाएका ३४ सांसदमध्ये नौ जिल्ला रहेको सुदूरपश्चिमबाट एमालेले एकजनामात्र छनोट गरेपछि एमालेकै कार्यकर्ता रुष्ट भएका छन् । 

“०७४ सालमा एमालेले समानुपातिकतर्फ ४१ सिट पाउँदा सुदूरपश्चिमबाट पाँचजना परेका थिए,” अनेरास्ववियुकी नेतृ रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छन्, “अहिले ३४ पाउँदा एकजना मात्रै परेका छन् । झापाकालाई हाल्न नमिलेर मात्र होला सायद एकजना पनि परेका ।”

प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा आठमा कांग्रेस, तीनमा नागरिक उन्मुक्ति पार्टी, तीनमा एकीकृत समाजवादी र दुई क्षेत्रमा एमालेका उमेदवार विजयी भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC