site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री देउवालाई हेर्न १०० रुपैयाँको टिकट !

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका थिए । एक दिनको समय लिएर धनगढी आएका देउवाको महोत्सव उद्घाटनबाहेक अरू कुनै कार्यक्रम थिएन ।

गएको मंसिर ४ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलोपटक धनगढी पुगेका देउवालाई हेर्न सर्वसाधारणहरू महोत्सवस्थल पुगेका थिए । तर, आयोजकले उद्घाटनको दिन पनि अवलोकनकर्तालाई १०० रुपैयाँको टिकट अनिर्वाय गरेपछि आयोजकको आलोचना भएको छ । 

महोत्सव अवलोकनकर्ताहरूले आफ्नै प्रधानमन्त्रीलाई हेर्नसमेत टिकट काट्नुपरेको भन्दै आक्रोश पोखेका छन् ।

"देशको प्रधामन्त्रीजस्तो व्यक्तिलाई हेर्न टिकट काट्नुपर्ने भयो । उद्घाटनको दिन भाषण मात्रै हुन्छ किन टिकट काट्न लगाइयो ?," धनगढीकी निता खत्रीले आक्रोश पोखिन् । 

बिहीबार सार्वजनिक बिदा भएकाले महोत्सवको उद्घाटन सत्र हेर्न धेरै जना आएका थिए । धेरैलाई लागेको थियो– प्रधानमन्त्रीको उपस्थितिमा हुने उद्घाटनको दिन टिकट तोकिएको छैन होला ।

 तर, अयोजकले उद्घाटनको दिन पनि टिकट अनिवार्य गरेपछि धेरै मान्छे महोत्सवस्थल बाहिरैबाट फर्किए । 

धनगढीकी ईश्वरी जोरालाई पनि 'नेताहरूको भाषणका लागि' समेत टिकट अनिवार्य गरिएको मन परेको छैन । 

आयोजक कैलाली उद्योग वाणिज्य संघले अतिथिहरूका लागि निमन्त्रणा कार्डको व्यवस्था गरेको थियो । तर, सर्वसाधारणलाई टिकट अनिवार्य थियो ।

संघका महासचिव ओम विष्ट उद्घाटनको दिनमा केही कमजोरी भएको स्वीकार्छन् । "सबै कार्यक्रममा व्यस्त भयौँ । समीक्षा गर्नेछौँ," उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro