site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहमतिपछि चेतनाको शव आफन्तले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी
Sarbottam CementSarbottam Cement

धनगढी । धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी बालिका चेतना साउँदको शव उनका आफन्तले बुझेका छन् । आज चेतनाका आफन्त र प्रशासनबीच सहमतिपछि उनीहरूले शव बुझेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

आजै शवको पोस्टमार्टम गरेर दाहसंस्कार गरिने तयारी गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीका अनुसार ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र चारदिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति भएको छ । 

धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतनाको ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए । निषेधाज्ञाबीच प्रदर्शनले उग्र रूप लिएपछि आज प्रहरीले ३७ सेल अश्रुग्याँस प्रहार गरेको थियो भने २१ जनालाई नियन्त्रणमा लिएको थियो ।

Global Ime bank

हसनपुर पिपलचौतारा नजिक पानी पिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर चेतनाको मृत्यु भएको थियो । ग्रेडर र चालक जिल्ला चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC